ओली–नेपाल चर्काचर्की, स्विकारेनन् स्वास्थ्यलाभको कामना


प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन ।

सहभागी एक नेताका अनुसार संवाद यतिसम्म तल पुग्ने कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईँको स्वस्थ्य लाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।

पार्टीका गत शुक्रबार र आइतबारको बैठकका निर्णयलाई लिएर नेता नेपालले सातबुँदे लिखित असहमति राखेका थिए । बिहीबारको बैठकमा त्यही लिखित असहमति र त्यसपछि नेताहरुबीच उत्पन्न तरंगले प्रवेश पायो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com