मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता


प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार

चेङ्दु, साउन (रासस-सिन्ह्वा) ः चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ ।

  स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । बुधबारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए

देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबारबाट मुसलधारे वर्षा शुरु भएको अधिकारीहरूले जनाएका छन् ।

बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुरु भएको प्राकृतिक प्रकोपबाट अन्य छ जना घाइते भएका थिए भने, एक लाखभन्दा बढी विस्थापित भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विस्थापित भएकाहरूलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरूले जनाएका छन् ।

प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरूलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरू पु¥याउदै गरेको जनाएको छ ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अड्किएका पनि अधिकारीले जनाएका छन् ।

स्थानीय अधिकारीहरूले अप्ठ्यारोमा परेका पर्यटकहरूको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् ।

अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलगायत राहत वितरण कार्य जारी रहेको जनाइएको छ ।
––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com