सनग्लास लगाउनुका यति धेरै फाइदा !


प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार

पराबैजनी किरणसँगको बढ्दो सम्पर्कका कारण हाम्रा आँखाले विभिन्न खालका समस्या झेल्नुपर्ने हुन्छ । त्यसैले धुलो, धुवाँ, प्रदूषण र सूर्यको सीधा किरण आँखामा पर्नबाट बच्नका लागि बाहिर निस्कँदा सनग्लास लगाउन आवश्यक हुन्छ । सनग्लासका फाइदा यसप्रकार छन् ।

  •  सनग्लासमा पराबैजनी किरणलाई सोस्न सक्ने क्षमता हुन्छ । जसले मोतिबिन्दुको समस्या हुनबाट जोगाउँछ ।
  •  सनग्लास लगाएमा घामको किरणले रेटिनामा हुने क्षतिबाट बच्न सकिन्छ ।
  •  बाहिर हिँड्दा हुने धुवाँ, धुलो र प्रदूषणले आखाँमा विभिन्न इन्फेक्सन हुने खतरा हुन्छ । सनग्लास लगाउँदा यस्ता समस्याबाट बच्न सकिन्छ ।
  •  सनग्लास लगाएर आँखाको कन्जेक्टिभालाई सुरक्षित राख्न सकिन्छ । जुन आँखाको संवेदनशील भाग हो ।
  •  कम उज्यालो भएको ठाउँमा सनग्लास लगाएको खण्डमा आँखाको पुतलीको स्वाभाविक लचकता कम भएर फोटोफोयिबा रोग हुन सक्छ । तसर्थ, अँध्यारो स्थानमा सनग्लास प्रयोग नगर्नु नै बेस हुन्छ ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com