रक्षाबन्धनको रमझम (फोटो फिचर )


प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमाको अवसरमा नेपालगञ्ज बागेश्वरी मन्दिरमा आज विहानैदेखि रक्षाबन्धनको चहलपहल शुरु भएको छ । मन्दिर परिसरमा रक्षाबन्धन व्राहमणको हातबाट बाँध्न पुगेका सर्वसाधारण । तस्वीर :  भेषराज बस्नेत

ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमाको अवसरमा शुक्लागण्डकी नगरपालिका ८ फिर्दी बराहखोलामा जनै आमन्त्रण गरिदै । आजका दिन आमन्त्रित जनै वषैभरी पूजाआजामा प्रयोग गरिनुका साथै गुरु पुरोहितबाट रक्षाबन्धन हातमा बाँधिएमा वर्षभर सुख समृद्धि र रक्षा हुन्छ भन्ने जनविश्वास छ । तस्वीर : वासुदेव पौडेल

ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमाको अवसरमा बागेश्वरी मन्दिरमा आज विहानैदेखि रक्षाबन्धनको चहलपहल शुरु भएको छ । मन्दिर परिसरमा व्राहमणको हातबाट रक्षाबन्धन बाँध्दै सर्वसाधारण । तस्वीरः भेषराज बस्नेत

ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमाको अवसरमा पाल्पाको तानसेन बजारमा दाजुभाईलाई रक्षाबन्धन किन्दै दिदीबहिनीहरु । दिदीबहिनीहरुले दाजुभाईलाई रक्षाबन्धन हातमा लगाईदिने चलन बढेको छ । तस्वीर : कृष्ण दर्नाल पाल्पा

जनैपूर्णिमाको अवसरमा बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा जनै आमन्त्रण गर्न आएका सर्वसाधारणको भीड । आजका दिन आमन्त्रित जनै वर्षभरी पूजाआजामा प्रयोग गरिनुका साथै लगाउन प्रयोग गरिन्छ । तस्वीर : कृष्ण न्यौपाने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com