साढे ३४ अर्बको सुन आयात !


प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार

मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ ।

अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन् । भन्सार विभागका अनुसार आव ०७५÷७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ ।

विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर पारिरहेकोले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण गर्न सकिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताए

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com