तुलसीका यतिधेरै गुण,महिलालाई फाइदै फाइदा


प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार

तुलसीको पूजा घर–घरमा गरिन्छ । तुलसीको निकै ठूलो पौराणिक महत्व छ । तुलसीलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीको विरुवालाई स्वास्थ्यका लागि फाइदाजनक मानिएको छ ।

यस्तो छ फाइदाहरु/महिलाको पिरियड सम्बन्धि समस्याः
महिलाहरुमा पिरियड भएको समयमा विभिन्न प्रकारका समस्याहरु देखिन्छन् । जसको कारण उनीहरु निकै निराश हुन्छन् । यस्ता अवस्थामा तुलसीको बीजको प्रयोग गर्नु निकै लाभदायक मानिन्छ । पिरियडमा हुने गडबढीबाट छुटकारा पाउन प्रत्येक दिन तुलसीको पत्ता सेवन गर्नुपर्छ ।

स्किन ग्लोः
तुलसीको सेवन गर्न वा पिसेर अनुहारमा लगाउँमा स्किन ग्लो हुन थाल्छ । एन्टी ब्यक्टिरियल तत्व भएको कारण अनुहारमा हुने दाग दब्बाहरुलाई सजिलै हटाइदिन्छ ।

रुघाखोकी लागेमाः
रुघाखोकी लागेमा तुलसीको प्रयोग गर्दा लाभ मिल्छ । रुघाखोकी लागेमा पानीमा तुलसीको पात र मिश्री मिलाएर पिउने गर्नाले आराम मिल्छ र छिटो छुटकारा पाउन सकिन्छ ।

झाडापखाला लागेमाः
यदि तपाई झाडापखाला लागेर हेरान हुनु भएको छ भने तुलसीको तापको प्रयोग गर्न राम्रो मानिन्छ । तुलसीको पात र जीरालाई पिसेर दिनमा ३रचार पटक चाट्ने गरेमा झाडापखाला रोकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com