खुट्टामा जीपीएस लगाएर छाडिएका आप्रवासीहरु काम र घर गरे नगरेकोबारे ट्रयाकिङ


प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार

अमेरिकाको मिसिसिपीको खाद्य प्रशोधन स्थलबाट पक्राउ परेका ६८० जना कागजपत्रविहिन आप्रवासीहरुमध्ये देशनिकालाको प्रकृयाका क्रममा छाडिएकाहरुलाई आइसले खुट्टामा जीपीएस लगाइदिएको छ । उनीहरु घरबाट काम गर्ने स्थल खाद्य प्रशोधन केन्द्र र खाद्य प्रशोधन केन्द्रबाट घर आए नआएको बारे जीपीएसमार्फत ट्याकिङ गर्न थालिएको छ ।

मिसिसिपीको खाद्य प्रशोधन केन्द्रमा मारिएको आइसको छापा दशककै सबैभन्दा ठूलो यो प्रकृतिको छापा भएको जनाइएको छ । पक्राउ परेकाहरुमध्ये ३ सय जनालाई छाडिएपनि बाँकीलाई लुजियानाको अध्यागमन जेलमा पठाइने भएको छ ।

कागजपत्रविहिनलाई काममा लगाउने कम्पनीमाथि भने कुनै जरिवाना गरिएको छैन भने कसैलाई पनि पक्राउ गरिएको छैन । तर संघीय अधिकारीहरुले कम्पनीहरुमाथि पनि अनुसन्धान चलाएको जनाइएको छ ।

अध्यागमनको छापामा बाबुआमाहरु पक्राउ परेपछि बालबालिकाहरु समस्यामा परेका छन् । कतिपय प्राथमिक विद्यालयका बालबालिकाहरु आफ्ना बाबुआमामाथि के भइरहेको छ भन्ने जानकारी नपाउँदा त्रसित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com