घरपालुवाको आफ्नै संसार,विश्वमा अमेरिका अग्रपंक्तिमा


प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार

हामीमध्ये प्रायः जसोले घरमा घरपालुवा जनावर पालेकै हुन्छौँ । अहिलेको शहरी जीवनमा त झन् नभई नहुने, घरपालुवा जनावरका बारेमा धेरै कुरा हामीलाई थाहा हुँदैन । घरपालुवाको अचम्मको संसार हुन्छ ।  यिनीहरुको बानी व्यवहार हामीले सोचेको भन्दा एकदम फरक हुन्छ ।
घरपालुवा जनावरसँग सम्बन्धित केही रोचक तथ्यहरु छन् जुन हामी मध्ये धैरैलाई थाहा नहुन पनि सक्छ ।

– जति सानो कुुकुर त्यति लामो जिवन जस्तै ग्रेटडेन जातको कुकुर ८–१० वर्ष बाँच्छन् भने, पमेरियन जातका १४–१६ वर्ष बाँच्छन् ।

– कुकुरको छालामा पसिना आउने ग्रन्थी हुदैन पञ्चाबाट पसिना आउँछ, जिब्रो बाहिर निकालेर शरीरलाई चिसो पार्छन् ।

– विश्वमा करिब ३५० भन्दा बढि जातका कुकुर भेटिन्छन् ।

– डाल्मिसीयन जातका कुकुर जन्मिदा पूरै सेतो हुन्छ ।

– कुकुरको आँखामा टेपेटम लुसिडम नामक पदार्थ हुन्छ जसले गर्दा राती पनि सजिलै हेर्न सक्छ ।

– कुकुरको सुघ्ने क्षमता मान्छेको भन्दा दश हजार गुना बढी हुन्छ ।

– कुकुरले कालो र सेतो रगं मात्र हेर्न सक्छ भन्ने तथ्य गलत रहेछ । यिनीहरुले निलो पहेलो खैरो रगं छुट्याउन सक्छ ।

– विश्वमा सवभन्दा बढी पालिने कुुकुरमा ल्यावराडोर पर्छ ।

– कुकुरको बच्चा जन्मिदा आँखा देख्दैन , कान सुन्दैन र दाँत दुदैन ।

– बेसनजी जातका एक मात्र कुकुर जो भुक्दैन ।

– विश्वमा सबै भन्दा धेरै कुकुर भएको देश अमेरिका हो ।

– ग्रेहाउन्ड विश्वको सबैभन्दा बढी गतिमा दौडन सक्ने कुकुर हो ।

– अस्ट्रेलियामा ब्लुई नाम गरेको कुकुर २९ वर्ष ५ महिना बाँचेको थियो जुन सर्वाधिक उमेर सम्म बाच्ने रेकर्ड हो । मानिसको आयु संग तुलना

गर्दा १६० वर्ष हुन जान्छ ।

– अध्ययनमा प्रमाणित भएको छ कि कुकुरले मानिसको सास सुघेर फोक्सो क्यान्सर छ छैन पत्ता लगाउन सक्छ ।

– रसियाको लाइका नामकोे कुकुर पहिलो पटक १९५७ मा चन्द«मामा पुगेको थियो ।

– कुकुरको कानमा विभिन्न किसिमका १८ वटा मांसपेशी हुन्छ जसको मदतले उनिहरु आफ्नो कानको आकार परिवर्तन गर्दछन् ।

– चाउचाउ जातका कुकुरको जिब्रो कालो हुन्छ ।

– करिब बाह्र हजार वर्ष देखि मानिसले कुकुर पाल्दै आएको अनुमान छ ।

– सबैभन्दा सानो जातको कुकुर चिहुवहुवा हो ।

– सबैभन्दा अग्लो कुकुर ग्रेटडेन हो ।

– सबैभन्दा बढी तौल भएको कुकुर सेन्ट वरर्नाड हो ।

– चकलेट खुवाउँदा कुकुरको ज्यान समेत जान सक्छ ।

– कुकुरले ६०–६८ दिनमा बच्चा जन्माउछ ।

– घरपालुवा जनावर पाल्दा मानिसको दिनचर्यामा परिवर्तन आउँछ जसले ब्लडप्रेशर र डाइविटिज भएका व्यक्तिलाई फाइदा पुर्याउँछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com