लोप हुँदै पानीघट्ट !


प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार

सर्जना कार्की/रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जाँै, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताउनुभयो ।

रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले बताउनुभयो । “यीमध्ये अधिकांश घट्ट छ महीना चल्ने र छ महीना बन्द हुने गर्दछन्”, अध्यक्ष मल्लले भन्नुभयो, ‘वर्षा शुरु हुनेबित्तिकै सबै पानीघट्ट सञ्चालनमा आउँछन्, जब हिउँदयाम शुरु हुन्छ तब खोलाको पानी सुक्छ, अनि आधाजति घट्ट बन्द हुन्छन् ।” भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका पानीघट्ट सञ्चालनमा छन् तर, रुकुमकोटमा भने पानीघट्ट प्रयोगविहीन हुँदै आएको उहाँको भनाइ छ ।

नयाँ प्रविधिका विद्युतीय मिलको बढ्दो प्रयोगसँगै पानीघट्ट लोप हुन थालेको स्थानीयवासीको भनाइ छ । हाल प्रयोगविहीन रहेका सिस्नेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको पुराना पानीघट्ट सञ्चालन गर्दै आउनुभएका सिस्ने गाउँपालिका–५ का जितबहादुर बस्नेतले बताउनुभयो ।

पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । यस्तो प्रचलनले धेरै थोरै भए पनि आम्दानीको स्रोत बन्ने भएपछि व्यावसायिकरूपमा नै घट्टलाई लिने गर्दथे । तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिलमा पिसानी गरेवापत प्रतिपाथी ९८ माना० को रु ३० देखि ४० सम्म रकम तिर्ने गरेको पाइन्छ । आधुनिक प्रविधिका मिलहरु बनेसँगै पुराना पानीघट्टमा पिसानी गर्न कोही पनि नआउने भएकाले बन्द गरेर बस्नुपरेको बताउनुहुन्छ, पानीघट्ट सञ्चालन गर्दै आउनुभएका सिस्ने गाउँपालिका–६ का सुमन खत्री ।

घट्टमा पिसानी गर्दा टाढाको दूरीसम्म बोकेर लानुपर्ने र पिस्दा घण्टाँैसम्म कुर्नुपर्ने बाध्यता रहेकाले आफूहरु छिटोछरितो र सजिलोको लागि विद्युतीय मिलमा जाने गरेको स्थानीयवासी बताउँछन् । तर पानीघट्टबाट पिसानी गरिएको अन्न पिठो स्वास्थ्यका लागि निकै लाभदायक र खाँदा पनि स्वादिष्ट हुने जानकारहरु बताउँछन् ।

विकासको गतिसँगै जिल्लाका अन्य ठाउँमा पनि यातायात र विद्युत्को सुविधा हँुदै गइरहेकोले अन्य ठाउँमा पनि विद्युतीय मिलको विकास र प्रयोग हँुदैन भन्न सकिँदैन । त्यसैले परम्परागत शैलीमा रहेका पानीघट्टको अस्तित्वलाई बचाइराख्न स्थानीय सरकारले पनि पहलकदमी चाल्नुपर्ने बताउनुहुन्छ, पानीघट्ट सञ्चालन गर्दै आउनुभएका पुथा उत्तरगङ्गा गाउँपालिका–११ तकसेराका धर्मु बुढा ।

के हो पानीघट्ट ?

कुलोबाट कलकल गर्दै बगेको पानी खोपेर कुलेसोजस्तो बनाइएको ठाडो काठबाट जोडले पानी खनिदा काठको सानो मुढोमा मिलाएर अड््याइएका पोहरा ९भुना० मा पर्दा जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुङ्गो फनफनी घुम्न थाल्छ । तब शुरु हुन्छ, नेपाली जीवनशैलीमा परापूर्व कालदेखि स्थान पाएको घट्टको पिसानी कार्य ।

फनफन घुमिरहेको घट्टमाथि टाङटाङटुङटुङ गर्दै उफ्रिने काठको चराको कलात्मक उफ्राइको बलले काठको कोठामा राखिएको अन्न विस्तारै खस्दै जान्छ । फनफनी घुमिरहेको घट्टको बीच भागमा रहेको मानी ९प्वाल० बाट पसेको अन्न पिसिएर घट्टको वरिपरि घेरो लाग्न थाल्दछ । घट्ट घुम्दै गर्दा एक छेउबाट अलि बढी नै पिठो फाल्ने गर्दछ । त्यस ठाउँमा बेलाबेलामा कुचोले बढारिरहनुपर्दछ । यसलाई धार मार्ने पनि भनिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com