‘डिपोर्टबाट बच्न यी कुरामा अपनाउनुहोस् मुख्य सावधानी’ – श्री पराजुली


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

-श्री पराजुली, डाइरेक्टर, मुनगोभन एण्ड एसोसिएट्स

 

कार्यकारी आदेशपछि नेपालीहरु प्रभावित भएका घटना कस्ता छन् ?

राष्ट्रपतिले कार्यभार सम्हालेपछि केही आदेशहरु जरी गर्नुभएको छ । त्यसमा नेपालीहरु जोडिएको विषय अध्यागमन सम्बन्धित थियो । राष्ट्रपतिले केहीदेशका नागरिकलाई आवधिक भिसा प्रतिबन्ध लगाउने गरी र शरणार्थी कार्यक्रम केही समयका लागि रद्द गर्ने गरी जारी गरेको कार्यकारी आदेशपछि नेपालीहरुमा त्राहीमाम फैलियो । तर त्यो जरुरी थिएन । राष्ट्रपतिको आदेश नेपालसँग सम्बन्धित थिएन ।

उहाँले निश्चित सातवटा देशलाई मात्र केही समयको लागि भिसामा प्रतिबन्ध लगाउने आदेश जारी गर्नुभएको थियो । त्यस्तै कागजपत्रबिहिनलाई अमेरिकाबाट डिपोर्टेशनको प्रकृयामा लैजाने ट्रम्प प्रशासनको नीतिले धेरै नेपालीहरु मानसिक रुपमा त्रसित बने । ग्रिनकार्ड भएका नेपालीहरुदेखि शरणार्थीका लागि आवेदन दिएका, टीपीएस लिएका नेपालीहरु र कागजपत्र नभएकाहरुसम्म त्राहीमाम भए । त्यसबारेमा प्रश्नहरु आए । मैले त्राहीमाम नहुन सल्लाह दिएँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा बसिरहेका नेपालीहरु कागजपत्रबिहिन नै भएपनि राष्ट्रिय सुरक्षामा आँच आउने काम नगरेमा र अपराध नगरेसम्म तत्काल घरमा आएर समातेर डिपोर्ट गर्ने सम्भावना छैन । न्युयोर्क सहर कागजपत्रबिहिनका लागि सुरक्षित सहरमा रहेकाले न्युयोर्कमा हुनेहरुले अझ धेरै चिन्ता लिन जरुरी छैन । सुरक्षित क्षेत्रमा नहुनेहरुले पनि मास डिपोर्टेशनमा परिएला कि भन्ने चिन्ता लिन जरुरी छैन । किनभने हरेक कुराका कानुनी प्रकृया छन् । अदालतमा जानुपर्छ ।

अदालतले सुनुवाई राखेर फैसला गर्नुपर्छ । देशनिकालाको फैसला गरेपनि ट्राभल डकुमेन्ट जारी गर्नेदेखि अन्य प्रकृयाहरु छन् । घरमा आएर आफ्नो देश फर्केर जा भन्ने अवस्था हुँदैन । तर सामाजिक सञ्जालहरुमा अतिरञ्जित समाचारहरु आउँदा कैयन नेपालीहरु डराउनु स्वभाविक हो । तर त्यस्तो तर्सनुपर्ने अवस्था छैन ।

कुनै नेपालीहरुलाई नेपाल फर्कन भनिएका वा कार्यकारी आदेशपछि प्रभावित भएकाले समस्या लिएर तपाई कार्यरत ल फर्ममा कुनै नेपालीहरु आएका छन् ?

एउटा पनि आएको छैन । पटक्कै आएको छैन । राष्ट्रपति, रिपब्लिकन पार्टीका मान्छेहरु कसैले पनि नेपालीका सन्दर्भमा कुनै अभिव्यक्ति दिएका छैनन् । म कार्यरत ल फर्ममा आउने फोनकलहरुमा पनि कसैले समस्यामा परिसकेको गुनासो गरेका छैनन् । जिज्ञासाहरु चाँही आइरहेका छन् ।

प्रभावित भएका एउटा पनि घटना हामीसमक्ष आएका छैनन् । यस सन्दर्भमा सबै नेपालीहरुलाई म के भन्न चाहन्छु भने राष्ट्रपतिको आदेश, राष्ट्रपतिका मान्छेहरु, ह्वाइट हाउस वा रिपब्लिकन पार्टीका मान्छेहरुबाट कुनै पनि नेपालीलाई अहिलेसम्म कुनै धम्की दिइएको छैन । र गरिने पनि छैन । यो केवल अतिरञ्जनामात्र गरिएको हो । कागजपत्र भए पनि नभएपनि अमेरिकाभित्र आइसकेको कोही पनि नेपाली असुरक्षित छैन ।

सुरक्षित प्रकारका शहरमा हुनेहरु अझ सुरक्षित छन् । सिधै घरमा आएर देशनिकाला गर्ने कुनै प्रावधान छैन । अपराधमा संलग्न नभएको खण्डमा र राष्ट्रिय खतरामा हानी नगरेमा नेपालीहरु सुरिक्षत छन् । सामाजिक संजालमा नेपाल फर्क भनिएका जस्ता समाचारमा कुनै सत्यता छैन ।

अमेरिकामा रहेका नेपालीहरुले अब कस्तो सावधानी अपनाउनुपर्ला ?

सबैभन्दा पहिले अनावश्यक त्रासबाट मुक्त हुनुपर्छ । त्यसपछि कानुनी रुपमा सुरक्षित हुनतर्फ लाग्नुपर्छ । कुनै अपराधमा संलग्न हुनुभएन । काम रहेको बखत कम उमेरका व्यक्तिलाई चुरोट र मादकपदार्थ बेच्नुभएन । मादक पदार्थ सेवक गरेर गाडी चलाउनुभएन । आफूलाई सुरक्षित राख्ने प्रयास गर्नुहोला । टिकट पाउने अवस्था सृजना नगर्नुहोला । सौम्य र भद्र अवस्थामा राख्नुहोला । तपाईको कागजपत्र नभएपनि तत्कालै डिपोर्ट हुने खतरा हुँदैन ।

(यी केवल पराजुलीले आफ्नो अनुभवका आधारमा दिनुभएका सुझाव हुन् । कानुनी सल्लाहहरु होइनन् । कानुनी सल्लाहका लागि लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सम्पर्क गर्न सक्नुहुनेछ । )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com