सलमान खान बारे रोचक कुरा, सस्तो कपडादेखि बेडरुमसम्म…….


प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार

सेलिब्रेटीहरुको जीवनशैलीबारे धेरै जसोको चासो हुने गरेको छ । अझ कतिपय फ्यानहरुले त सेलिब्रेटीको जस्तै कपडाको पनि प्रयोग गर्ने गर्ने गरेका छन् । सेलिब्रेटीका कपडा, खानपान उनीहरुको दैनिकीको बारेमा चासो राखिरहेका हुन्छन् । यसक क्रममा हामी भारतीय फिल्म उद्योगका हस्ती सलमान खानको जीवनका केही रोचक पक्षमा बारे जानकारी दिन्छौं ।

सस्तो कपडा लगाउँछन् सलमान 

एएटै फिल्म खेल्दा करौडौं रुपैयाँ लिने सलमानले लगाउने लुगा ब्रान्डेड हुन्छन् र महंगा पनि भन्ने सोच्नु भएको भए तपाई गलत सावित हुनुहुनेछ । स्टार भए पनि सलमान खान पहिरनमा खास ध्यान दिँदैनन् । उनी सस्ता कपडा किन्छन् । कहिलेकाहीँ ५ सय भारुको टिसर्ट लगाएर पनि सार्वजनिक कार्यक्रममा देखिन्छन् । उनी पुराना कपडा हत्तपत्त फाल्दैनन् । उनी १५ वर्ष पुरानो जिन्स र १० वर्ष पुरानो जुत्ता लगाएर पनि फिल्म प्रमोसनमा हिँडेका छन् ।

सही विश्लेषण

उनको सफलता कुनै संयोग होइन । आफ्नो फिल्म कतिसम्म सफल हुन्छ भन्ने पूर्वानुमान गर्न उनी खप्पिस छन् । उनको यस्तो कलाले नजिकका साथीभाइ पनि आश्चर्यमा पर्छन् । यसको उदाहरण ‘बजरंगी भाइजान’लाई लिँदा हुन्छ । यो फिल्मको प्रस्ताव आउँदा सलमान अन्य ठूला प्रोजेक्टमा व्यस्त थिए । तर, स्क्रिप्ट पढेपछि उनी यति कन्भिन्स भए कि, सबै काम छाडेर ‘बजरंगी भाइजान’ खेले । परिणाम सबैलाई थाहा छ । यो उनको करिअरको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो ।

पैसा जलाउने

बाल्यकालमा उनी दीपावली मज्जाले मनाउँथे । पटाका पड्काउनुको सट्टा सलमानले पैसा जलाउने गरेका थिए । एकपटक उनले दीपावलीमा आफ्ना पिता सलिम खानको पूरै महिनाको तलब जलाइदिए । बलिउडका चर्चित स्क्रिप्ट राइटर सलिमले उनलाई पिटेनन्, तर पैसाको महत्व बुझाए । सलमानका अनुसार पिताको उक्त भनाइ आजसम्म पनि उनको मस्तिष्कमा गढेको छ ।

बेडरुममा साबुनको चाङ

सलमान साबुनप्रेमी हुन् । उनी प्रायः अर्गानिक साबुन प्रयोग गर्न रुचाउँछन् । उनको स्नानकक्षमा धेरै ब्रान्डका साबुन छन् । उनी जुन देश घुम्छन्, त्यहाँबाट साबुन किनेर मात्रै फर्कन्छन् ।

प्रविधिमा पछाडि

सलमान प्रविधिमैत्री छैनन् । उनले अहिलेसम्म आफ्नो इमेल आइडी पनि खोलेका छैनन् । फोनमा भन्दा प्रत्यक्ष भेटेर कुरा गर्न रुचाउँछन् । न उनीसँग आइप्याड छ, न त प्ले स्टेसन नै । रोचक कुरा यो छ कि, उनलाई बजरंगी भाइजानमा समावेश गीत ‘सेल्फी ले ले‘’ सुटिङ हुनुअघि सेल्फी शब्द नै थाहा थिएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com