नेपालमा पहिलो पटक ‘फेसन एण्ड मोडलिङ अवार्ड’


प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार

नेपालमा पहिलो पटक फेसन एण्ड मोडल अवार्ड २०१९ हुने भएको छ । बिहिबार राष्ट्रिय सभा गृह, सिटि हल काठमाण्डैमा पेजेन्ट नेपाल इन्टरनेशनल प्रा लिको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पेजेन्ट नेपालका प्रबन्ध निर्देशक मिथुन थापाले जानकारी दिए । कार्यक्रम फेसन र मोड्लिङ क्षेत्रमा आफ्नो पहिचान बनाउन चाहानेहरुका लागि कोसेढुङा सावित हुने विश्वास लिइएको छ ।

नेपालमा धेरै प्रकारका सांगीतिक तथा साहित्यिक अवार्डहरु हुनेगरे पनि फेसन तथा मोड्लिङ क्षेत्रमा यस्ता कार्यक्रम नभएकाले यो नेपालका लागि नौलो भएको जनाइएको छ । केही समय यता नेपालमा पनि ब्युटी प्याजेन्ट र मोडलिङ ब्यबसाय मौलाउने क्रममा रहेको छ ।

पुरस्कार समारोह विभिन्न कोटाहरुमा सम्बन्धित ब्याक्ति र पेशेवर हरुको सम्मानका निमित्त हुने जनाइएको छ। कोरियोग्राफर,उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट कोरियोग्राफर, मेकअप आर्टिस्ट, हेयर डिजाइनर लगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।

अवार्डका लागि ब्यापक नोमिनेशन परेको र अन्तिम निर्णय कार्यक्रममा सार्वजनिक गरिने आयोजकले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com