बन्दुक देखाएर छोरीको बलात्कार गर्ने बाबु पक्राउ


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

दाङमा एक किशोरी आफ्नै बाबुबाट पटक-पटक बलात्कृत हुने गरेको रहस्य खुलेको छ। दाङको पुन्धारा-१ सुन्दरखालका बाबु ‘ए’ ले १३ बर्षीया छोरी ‘बी’ लाई बलात्कार गर्ने गरेको उजुरीको आधारमा प्रहरीले बाबुलाई पक्राउ गरेको हो।

मदिराले मातेका बाबुले घरमा आएर छोरीलाई महिनौदेखि पटक-पटक बलत्कार गर्दे आएको बालिकाले खुलासा गरेकी हुन्। छोरी ‘बी’ ले बाबुले बलात्कार गरेको उजुरी प्रहरीमा दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

‘बलात्कृत किशोरीले बाबुले आफूलाई कोही नभएको मौका छोपी पटक-पटक डर धम्की दिएर घरमा बलात्कार गर्ने गरेको उजुरी दिएकी थिइन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लोकनाथ तिम्सिनाले भने, ‘आरोपित बाबुलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ ।’

किशोरीकी आमा दुई वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएकी छिन्। बाबुले हतियार देखाएर छोरीलाई बलत्कार गर्ने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले छोरी बलात्कारको आरोपमा बाबुलाई हतियारसहित पक्राउ गरेको छ।

गाउँलेको सहयोगमा किशोरीले बाबुले बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले बलात्कारका आरोपितलाई बन्दुकसहित घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी तिम्सिनाले जानकारी दिए।

तम्सिनाका अनुसार उनलाई हाडनाता करणी र हातहतियार खरखजना गरी दुईवटा मुद्दा दर्ता गरिएको छ। सोही अनुसार उनलार्य कारबाही गरिने प्रहरीले बताए। बलात्कृत छोरीको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई घरमै राखिएको प्रहरीले जनाएको छ।अन्नपूर्ण पाेष्ट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com