एकसातामा २५ हजार बढीलाई अमेरिकी नागरिकता दिइदै


प्रकाशित मिति : फाल्गुन ४, २०७३ बुधबार

अमेरिकी सरकारको युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिस आगामी फरबरी २२ सम्म २५ हजार जनालाई अमेरिकी नागरिकता प्रदान गर्ने जनाएको छ । प्रेसिडेण्ट डेको अवशरमा युएससीआईएसले फरबरी १४ देखि नागरिकता वितरण समारोह सुरु गरेको छ भने यो फरबरी २२ सम्म चल्नेछ । त्यसका लागि अमेरिकाभर १६२ वटा नागरिकता वितरण तथा सपथग्रहण कार्यक्रम राखिएको छ । २५ हजार भन्दा धेरै नयाँ अमेरिकी नागरिकहरुलाई स्वागत गर्न पाएकोमा आफूलाई निकै खुशी लागेको युएससीआईएसका कार्यकारी निर्देशकले बताएका छन् ।

कुनै पनि व्यक्ति अमेरिकाको नागरिक हुनका लागि १८ बर्ष पुगेको, केही अपवाद बाहेक ग्रिनकार्ड प्राप्त गरेको ५ बर्ष पुगेको, आवेदन दिएको राज्य वा जुरिडिक्सनमा कम्तीमा ३ महिनादेखि बस्दै आएको, ग्रिनकार्ड प्राप्त गरेको पाँचबर्षको अवधिमा अमेरिकाभित्र कम्तीमा ३० महिना भौतिकरुपमा बसेको, नागरिकताको लागि आवेदन दिएपछि नागरिकताप्राप्त गर्नेमितिसम्म अमेरिकामा बसिरहेको, अँग्रेजी भाषा बोल्न लेख्न र पढ्न सक्ने, राम्रो चारित्रिक रेकर्ड भएको लगायतका मापदण्ड पूरा गर्न जरुरी हुने युएससीआईएसले जनाएको छ ।

अमेरिकी नागरिकसँग बिहे गर्नेहरु भने ग्रिनकार्ड प्राप्त गरेको ३ बर्षमा नै नागरिकताको आवेदनका लागि योग्य हुन्छन् । त्यस्तै अमेरिकी अमेरिकी सेनामा भर्ना भएमा वा अमेरिकी सेनाको दम्पत्ति वा बच्चाबच्ची भएमा भने नागरिकताको प्रकृया अझ छिटो हुनसक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com