जनकपुरमा जन्मियो, दुईवटा टाउको भएको बच्चा


प्रकाशित मिति : श्रावण १६, २०७६ बिहीबार

 

जनकपुरधामस्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा एक महिलाले दुई वटा टाउको भएको शिशुको जन्म दिएकी छन्।

सिरहाको कर्जन्हा नगरपालिकाको बल्टिया घर भएकी २५ वर्षीया सविता वैद्यले दुई वटा टाउको भएको शिशुलाई जन्माएकी हुन्। बिहिवार बेलुका साढे ५ बजे तिर बैद्यले बच्चाको जन्म दिएकी की हुन ।

६ महिनाको गर्भवती अवस्थाकी उनी पेट दुखेपछि जनकपुर आएर हस्पिटल भर्ना भएकी थिइन्। हस्पिटलका डा। रुबि सिंहले शल्यक्रिया गरी शिशु बाहिर निकालेकी थिइन्। तर करिब डेढ घण्टामै शिशुको मृत्यू भएको अस्पताल प्रमुख रामबाबु यादबले जानकारी दिए।

उनका अनुसार समय समेत नपुगेको अवस्थामा बच्चा जन्मिएपछि मृत्यु भएको हो। महिलाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। घाँटी भन्दा तलको भाग एउटै भएकाले बच्चालाई बचाउन गार्हो भएको डा। सिंहले जानकारी दिइन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com