Follow @khasokhasmag

माया भनेको त, यस्तो होस !


प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार

श्रीमानले श्रीमतीलाई विवाह एनिभर्सरीमा सामान्यतया लुगा, गरगहना इत्यादी उपहार दिने गर्दछन् । कसैले महंगा महंगा सामानहरु पनि दिन्छन् । तर अमेरिकामा एक श्रीमानले भने आफ्नो श्रीमतीलाई अंग नै उपहार दिएका छन् ।

आफ्नो २३ औं एनिभर्सरीमा आफ्नो अंग नै उपहार दिएका हुन् । ति श्रीमानले मेमोरियल रिजनल हस्पिटलमा उपचार गराईरहेकी श्रीमतीलाई मृगौला नै उपहार दिएका हुन् ।४० वर्षिया मोनिका र ५२ वर्षीय सेजरले २३ वर्ष अगाडी विवाह गरेका थिए। मोनिकालाई केही वर्षदेखि मृगौलामा समस्या देखिएको थियो । जसले गर्दा विगत दुई वर्षदेखि उनको डायलासिस चलिरहेको थियो।

पछिल्लो समयमा डाक्टरहरुले उनलाई मृगौला फेर्न पाएमा स्वस्थ हुने बताइरहेका थिए । त्यसैले पेशाले कम्प्युटर नेटवर्क टेक्निसियन उनका श्रीमानले मृगौला उपहार दिएका हुन् । आफुलाई नयाँ जीवन दिएको मोनिका श्रीमानप्रति निकै नै आभारी छिन् ।

उनी भन्छिन्, मृगौला सम्बन्धी रोग मेरो वंशाणुगत रोग हो। मेरा श्रीमानले म बिरामी हुँदा मेरो उचित हेरचाह गर्ने र जीवनको लागि हौसला दिने त गरे नै, अहिले हाम्रो एनिभर्सरीको मौका पारेर आफ्नो मृगौला समेत उपहार दिए । म भाग्यमानी हूँ की, मैले उनीजस्तो श्रीमान पाएँ । एजेन्सी

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com