फिल्मको त्यो बलात्कारको दृश्य, जसको सुटिङ गर्दा रोएको थियो पूरा युनिट


प्रकाशित मिति : श्रावण १२, २०७६ आईतबार

एजेन्सी / डाकुबाट सांसद बनेकी भारतकी राजनीतिज्ञ फूलन देवीको मृत्यु जुलाई २५ तारिख २००१ मा भएको थियो । उनको पुण्यतिथीका अवसरमा उनको जीवनको पानालाई पुनः पल्टाइयो ।

एउटा पीढि यस्तो पनि छ जसले फूलन देवीलाई उनीमाथि बनेको फिल्म ब्यान्डिड क्विनका कारण चिनिन्छ । फूलन देवीको जीवनको संघर्षलाई ब्यान्डिड क्विन फिल्ममा अभिनेत्री सीमा विश्वासले पर्दामा उतारेकी थिइन् ।

विवादमा थियो बलात्कारको दृश्यः

कमैलाई थाहा होला कि यो फिल्मलाई पर्दामा उतार्नमा निर्देशक शेखर कपुर र पूरा युनिटले कस्तो चुनौतीको सामना गर्नुपरेको थियो । फिल्ममा बोल्ड सीन र गाली गलौजबाहेक फिल्मको त्यो बलात्कारको सीन निकै क्रुर थियो । तर फिल्मका निर्देशक शेखर कपुरले मानिसहरुको समवेदनाहीनतालाई देखाउनका लागि त्यो सीन निकै चर्चित भएको बताएका थिए । यो दृश्यका कारण यो फिल्म निकै विवादमा पनि रहेको थियो ।

सीमा विश्वासले गरेकी थिइनन् बलात्कारको त्यो दृश्यः

बलात्कारको उक्त दृश्य सीमाले गरेकी थिइनन् । यसका लागि सीमाको साटो उनको बडी डबल प्रयोेग गरिएको थियो । सिमाले भनिन्, ‘यसको सुटिङका बेला निर्देशक र क्यामराम्यानबाहेक कसैलाई पनि भित्र जाने अनुमती थिएन । तर यो सीनमा यति क्रुरता थियो कि यसको सुटिङ पछि पुरा युनिट रोएको उनले जानकारी दिइन् ।

परिवारलाई छुट्टै देखाइएको थियो यो फिल्मः

सिमाका अनुसार यो फिल्मबारे उनको परिवारलाई राम्रोसँग थाहा थियो । फिल्म रिलिज भएको दुई वर्ष अघि सेन्सर नगरिएको  फिल्म उनको घरमा देखाइएको थियो ।

फिल्म हेरेपछि सीमाको पिताको थियो यस्तो प्रतिक्रियाः

सिमाका पिताले यो फिल्म हेरेर फूलन देवीको भूमिका सिमाले मात्र गर्न सक्ने बताएका थिए । पिताले यस्तो भनेको सुनेर सिमाले आनन्दको सास फेरेकी थिइन् ।

स्मरण रहोस्, फूलन देवीको जन्म एक निम्न जाति परिवारमा उत्तर प्रदेशको एक सानो गाउँ गोरहा पूर्वामा भएको थियो । फूलनको विवाह एघार वर्षको उमेरमा भएको थियो तर उनको पति र पतिको परिवारले उसलाई त्यागेको थियो ।

धेरै किसिमका प्रताडना र कष्ट झेलेपछि फूलन डकैती पेशामा लागेकी थिइन् । विस्तारै विस्तारै फूलनले आफ्नो डाकूको एक गिरोह खडा गरिन् र आफू त्यसको नाइके बनिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com