बालुवाटार जग्गा काण्डमा मुछिएका खरिदार श्रेष्ठको सपिङ सेन्टरबाट खसेर मृत्यु


प्रकाशित मिति : श्रावण १२, २०७६ आईतबार

बालुवाटारस्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा मुछिएका पूर्व खरिदार युक्तप्रसाद श्रेष्ठको सात तले सपिङ सेन्टरबाट खसेर ज्यान गएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले युक्तप्रसादको सामाखुसीस्थित साततले किनमेल केन्द्र हिमालय सिटी सेन्टरको छतबाट खसेर मृत्यु भएको बताए ।

‘उनले आत्महत्या गरेको या खसेर मृत्यु भएकोबारे हामीले अनुसन्धान गरिरहेका छौँ, बोगटीले भने, ‘शव पोस्मार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।विस्तृत विवरणबारे अनुसन्धानमै छौँ।’

नेपाली कांग्रेस पर्वतका सचिवसमेत रहेका ५४ वर्षीय श्रेष्ठ सिटी सेन्टरको साततले छतबाट खसेपछि उपचारका लागि पिपुल्स अस्पताल नयाँ बजारमा पुर्‍याए लगत्तै मृतयु भएको थियो। पर्वतको फलेवास नगरपालिका(६ देवीस्थान घर भएका श्रेष्ठ नेपाली कांग्रेस पर्वतका मनोनित सचिव थिए। उनको परिवार काठमाडौंमै बस्दै आएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com