एक्स्ट्राअर्डिनरी ग्रिनकार्डको देशीय कोटा हटाइए नेपालीलाई अप्ठ्यारो हुन्छ


प्रकाशित मिति : फाल्गुन ३, २०७३ मंगलबार

-गिरिजा गौतम, कानुन व्यवसायी

रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा ट्रम्प प्रशासनबाट केही फेरबदल आएको छ ?

समग्र अध्यागमनमा परिवर्तन ल्याउने ट्रम्प प्रशासनले बेलाबेलामा भनिरहेको छ । यसरी हेर्दा निकै ठूलो परिवर्तन आउने देखिन्छ । ट्रम्प प्रशासनको प्राथमिकता अमेरिकन सामान किन्ने र अमेरिकनलाई रोजगार दिने कुरा रहेकाले उनीहरुले यो सम्बन्धमा पहिलो प्राथमिकता अमेरिकनलाई नै रोजगारी दिनका लागि दिनुपर्ने र त्यसका लागि उपयुक्त तरिकाले जागिरको मार्केट परिक्षण गर्नुपर्ने गरी वर्तमान नियम कानुनमा परिवर्तन ल्याउन पहल भइरहेको छ ।

कामदार भिसा एच वानका सन्दर्भमा केही विधयेकहरु पनि सदनमा आएका छन् । त्यसको बारेमा छलफल पनि भइरहेको छ । त्यसैले एचवान सम्बन्धि कानुन केही समयमा नै घोषणा हुने सम्भावना छ । लेवर सर्टिफिकेशनले पनि त्यसलाई केही हदसम्म छुने देखिन्छ । प्रत्येक बर्ष ८५ हजारको संख्यामा दिइने एचवान भिसामा अमेरिकनको बिरुद्ध विभेद भइरहेको छ भन्ने ट्रम्प प्रशासनको भनाई छ । त्यो भएको हो कि होइन भन्ने कुराको राम्रोसँग छानविन गरिनुपर्छ । छानविन गरिदा कुनै पनि पक्षमा विभेद हुनुहुँदैन । तर यसले केही हदसम्म असर पार्छ ।

यसले एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड लगायत इबी क्याटेगोरीका अन्यमा पनि असर पार्छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसले इबी वानमा सिधा असर पर्ने सम्बन्धमा स्पष्टता आइसकेको छैन । तर ट्रम्प प्रशासनले के हेर्न खोजिरहेको छ भने सबैभन्दा धेरै विदेशी मुलका व्यक्ति अमेरिकामा प्रत्येक बर्ष एचवानमा आउने भएकाले रोजगारमा आधारित भिसाहरुमा उनीहरुको पहिलो लक्ष्य एचवान भएको देखिन्छ । त्यसपछि दोश्रो क्याटेगोरीमा एचवान भिसामा आएका व्यक्तिले योग्यता अनुशार मास्र्टस डिग्री गर्नेले इबी टु र ब्याचलर डिग्री गर्नेले इबी थ्रीमार्फत लेबर सर्टिफिकेशनको प्रकृयाबाट ग्रिनकार्डका लागि एप्लाइ गर्ने प्रावधान छ ।

एचवानबाट जाने व्यक्ति यहीबाटोबाट जाने भएकाले लेबर सर्टिफिकेशनको प्रकृयाले अरुलाई पनि छुन सक्ने देखिन्छ । तुरुन्त हेर्दा एचवान र त्यसपछि इबी टु र इबी थ्रीमा असर पर्न सक्छ । इबी वानका लागि छुट्याइएको कोटाहरुलाई देशब्यापी रुपमा विभाजन गर्ने कि नगर्ने भन्ने कुराले प्रभाव पार्न सक्छ । तर इबी वानका बारेमा अहिले नै नीति प्रस्ट छैन । ट्रम्प प्रशासनले इबी फाइभलाई भने प्राथमिकतामा नै राख्ने देखिन्छ ।

फ्रड केसहरु भएको भन्दै छानविनमा कडाई गर्ने भनिएको छ । यसबाट एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डमा के असर गर्ला ?

अहिलेसम्म कसरी गरिने भन्ने थप कानुन छैन । भएको कानुन लागु गर्ने सन्दर्भमा यो महत्वपूर्ण छ । किनभने भएको कानुन कार्यान्वयनमा आएको समस्या पहिलो छानविनको विषय हुन्छ । कानुनको कार्यान्वयनमा अहिले पनि समस्या छ, दुरुपयोगहरु भएका छन् । तर कुन कारण र प्रकृयाबाट भइरहेको भन्नेबारे निर्धारण हुनुपर्छ । त्यसपछि दुरुपयोग रोक्न सेफगार्डहरु लगाउने सोंच रहेको छ । एचवानको फिल्डमा ५० जना भन्दा धेरै रोजगारदाता भएको कम्पनीले दोब्बर तलब बढाउनुपर्ने नियमले मुख्य रुपमा असर पार्न सक्छ । वास्तविक रुपमा नै मापदण्डहरु पूरा गर्नुपर्ने प्रावधानले असर गर्ने देखिन्छ ।

केही विधयेहरु सदनमा छन्, केही कार्यकारी आदेशहरुका ड्राफ्टहरु आएका छन् । इबी वानको देशब्यापी क्याप हटाउदा नेपाल जस्तो देशलाई कस्तो असर गर्छ ?

यसबारेमा पहिले पनि चर्चाहरु भएका थिए । जसमा देशहरुका कोटा राख्दा भारत र चीनजस्ता देशलाई पनि उही कोटा तथा नेपालजस्तो सानोदेशलाई पनि उही कोटा तोक्नु उपयुक्त नहुने भन्ने विषयमा बहसहरु भएको थियो । सबैदेशलाई बराबर कोटा राख्दा नेपालजस्तो सानो देशलाई फाइदा भएको थियो । कोटा हटाइयो भने नेपालजस्तो देशलाई घाटा र ठूला देशलाई फाइदा हुन्छ । अहिले भर्खर सरकार बनेको छ । धेरै अनुसन्धान र रिसर्चहरु भइसकेका छन् जस्तो लाग्दैन । देशब्यापी कोटा हुँदा ठूलो देशलाई असर परेको थियो तर कोटा झिक्दा नेपालजस्तो देशलाई नकारात्मक असर पर्छ । एकातिर हेर्दा भारत, चीन जस्ता देशका नागरिकले धेरै कुर्नुपर्ने अवस्था छ । त्यसलाई उल्टाउँदा नेपालजस्ता देशहरुलाई असर पार्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com