डुङ्गामा बगिरहेको भविश्य !


प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार

दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उहाँका बुबाले डुङ्गा चलाउनुहुन्थ्यो । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर बताउनुहुन्छ ।

उहाँले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गर्नुभएको छ । उहाँका बुबाले करीब २४/२५ वर्ष सोही ठाउँमा डुङ्गा चलाएर घर परिवार पाल्दै आउनुभएको थियो ।

पैतिया–गङ्गदी घाट नजिकबाट सागरले डुङ्गामा मानिसलाई तारेर दैनिक ५०० देखि एक हजारसम्म आम्दानी गर्ने गर्नुभएको छ । डुङ्गामा तारेवाफत उहाँले प्रतिव्यक्ति रु २० लिने गरेको बताउनुभयो ।

कक्षा १० सम्मको पढेपछि देउखुरीको लमहीबाट कोरियन भाषा पढाइ शुरू गरे, तर त्यसमा पनि उनुत्तीर्ण भएपछि उहाँले पुख्र्यौली पेशा शुरु गरेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् विद्यार्थी

राप्ती नदीका विभिन्न ठाउँमा पुल नहुँदा विद्यार्थीहरु समेत जोखिम यात्रा गर्न बाध्य छन् । दाङको राजपुर गाउँपालिका–७ हाँडवासदेखि लमही नगरपालिका–९ अमिलियाबीचमापर्ने राप्ती नदीमा पुल नहुँदा विद्यार्थी जोखिम यात्रा गर्न बाध्य छन् ।

दैनिक राजपुरबाट पढ्नका लागि जाने विद्यार्थी जोखिम मोलेर डुङ्गाको यात्रा गर्ने गर्दछन् । “लामो समय भयो जोखिम मोलेर यात्रा गर्न बाध्य छौंँ”, स्थानीयवासी अर्जुन योगीले भन्नुभयो, “यो समस्या समाधानका लागि हामीलाई झोलुङ्गे पुल आवश्यक छ ।”

विद्यार्थी वारपार गर्दा धेरै पटक डुङ्गा पल्टिने गरेकोसमेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“बिहान विद्यालय गएका र बेलुकी विद्यालयबाट सकुशल छोराछोरी फर्कने हुन् कि होइनन् भन्ने अभिभावकलाई पिरोल्ने गर्दछ ।”

दैनिक ५० जना विद्यार्थीले त्यहीँ डुङ्गाबाट वारपार गर्ने गरेको स्थानीयवासी सञ्जय योगीले बताउनुभयो । त्यस क्षेत्रका पाँच सय घरपरिवार अहिले त्यही डुङ्गाबाट वारपार गर्ने गर्छन् । २० मिनेटमा वारपार गर्न सकिने भएकाले त्यहाँका बासिन्दाले डुङ्गाको प्रयोग गर्ने गरेका छन् ।

झोलङ्गे पुल भएको भए झनै सहज हुने स्थानीयवासी करवीर योगीले बताउनुभयो । झोलुङ्गे पुल चार किलोमिटर पूर्व गोठुवा घाटमा छ भने पश्चिम बाँकेको खोकरीघाट पाँच किलोमिटर टाढा छ । त्यहाँ पैदलजान एक घण्टा लाग्ने भएकाले त्यहाँका बासिन्दाले छिटो आवतजावत गर्न डुङ्गाको प्रयोग गर्ने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com