बाख्रासंगै खोरमा आमा छोरी !


प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार

सानी गुरुङ बाख्रासंगै सुत्ने र बाख्राको खोरमै बसोबास गर्न थालेको करिब ३० बर्ष भयो । यो तीस बर्षको अबधी सम्म उनले दुई छोरा र दुई छोरीलाई त्यही खोरमै जन्म दिईन् । अझै उनको साथमा चार बर्षकी छोरी छन् ।

छोराले बिहे गरीसके नाती नातीना पनि भए तर यो बुढेसकालमा अझै पनि उनले बाख्राको साथ छोडेकी छैनन् । बाख्रासंगै खोरभित्र सुत्छिन्, खान्छिन् ।

चार बर्षकी छोरीको साथ उनी अझै पनि २० वटा बाख्राको साहारा बनेकी छन् । वरिपरी जंगल छ, कुनै पनि घर छैनन्, गोठ छैनन् । बिजुली बत्ति र पानीको समेत सुबिधा छैन । अनकन्टार ठाउंमा उनले यस्तो जिवन बिताउन थालेको दशकौं भईसक्यो । गोरखा जिल्लाको दुर्गम गाउं मध्ये एक गाउं काशी गाउं हो । कासी गाउं जाने बाटोमा सानी गुरुङको बाख्राको गोठ छ । उनको गोठ बाहेक अरु कुनै घर वा गोठ वरिपरि छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com