‘झिङ्गेदाउ’मा आँचल !


प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार

निर्देशक ज्ञानेन्द्र देउजाको फिल्म ‘झिङ्गेदाउ’मा आँचल शर्मा अनुबन्धित भएकी छिन् । यो फिल्मको लागि केकी अधिकारी र मुकुन भुषाल फाइनल भइसकेका छन् । अब यो फिल्ममा आँचल पनि थपिएकी हुन् ।

यो फिल्म आँचल शर्माले केहि दिन अगाडी मात्रै साइन गरेकी हुन् । फिल्ममा केकी र मुकुन जोडी रुपमा प्रस्तुत हुँदैछन् भने, आँचलको जोडी कोसँग बाँधिने छ भन्ने खुलाइएको छैन् । यो फिल्मको लागि अन्य २ मुख्य कलाकार पनि फाइनल भैसकेका छन् । तर, निर्माण टिमले सार्वजनिक गरेको छैन ।

साहित्यकार भिमनिधि तिवारीको आख्यानमा आधारित फिल्म भदौ देखि छायाँकनमा जानेछ । निर्देशक देउजाको निर्माण रहने फिल्मलाई सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा खिचिने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com