किसानका सफल कथा !


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

काशीराम शर्मा/ खजुरा गाउँपालिका–३ का तुलबहादुर कँडेल ठूलो लगानी गरेर कृषि पेशालाई व्यावसायिक रुपमा अँगाल्ने कृषक हुनुहुन्छ । नेपालगञ्जको बसाइ छाडेर खजुरामा बाख्रापालन व्यवसायबाट कृषि क्रान्ति गर्ने र विदेशिएका युवालाई स्वदेशमै फर्काउने उद्देश्य बोकी कँडेलले हिलपार्क कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहनुभएको छ ।

तुलबहादुरको फार्ममा अहिले दिनहुँजसो आगन्तुक पाहुना आएर ज्ञान र शीप लिएर जोशिँदै फर्किन्छन् । नेपालगञ्जमा होटेल व्यवसाय गरेर करोडौंको मालिक बन्नुभएका उहाँ विलासी गाडी चढ्दाको भन्दा कृषि पेशाले खुशी दिएको बताउनुहुन्छ । गाडीमा संसार डुल्दा शरीर दुख्ने समस्या रहेको र कृषि कर्म गर्न थालेदेखि स्वस्थ बनेको उहाँको अनुभव छ ।

खजुरा–३ सिर्जनाटोलमा रहेको उहाँको फार्ममा करीव एक दर्जनले रोजगारी पाएका छन् । देशकै ठूलो पशुपालन फार्म बनाउने उहाँको लक्ष्य छ । । च्याउ उत्पादक कृषकका रुपमा खजुरामा लालबहादुर सुनारको नाम निकै परिचित छ । वैदेशिक रोजगारीबाट खाली हात फर्केका उहाँले जीविका धान्न तरकारीसँगै च्याउखेती गर्न थाल्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सात वर्षअघि थोरै लगानीबाट व्यवसाय शुरु गरेका उहाँले हालसम्म यसै फार्ममा रु एक करोडभन्दा बढी लगानी गरिसक्नुभएको छ । अथक मेहनतकै कारण लालबहादुर देशकै उत्कृष्ट च्याउ उत्पादक किसानका रुपमा सम्मानित पनि हुनुभएको छ । मौसममा दैनिक दुई क्विन्टलसम्म च्याउ उत्पादन गर्नुभएका उहाँले राष्ट्रपति उत्कृष्ट पुरस्कार र सार्कस्तरीय अवार्डसँगै थुप्रै पुरस्कार पनि प्राप्त गरिसक्नुभएको छ ।

गाउँपालिकाका एक किसानले यति ठूलो पुरस्कार पाउँदा गाउँपालिकाकै नाम समेत देश विदेशमा चिनिन पुगेको उहाँले बताउनुभयो । उहाँको फार्म अवलोकन गर्न देशका विभिन्न जिल्लाबाट समूह, सहकारीका किसान, कृषिसम्बन्धी चासो राख्नेहरु आउने गरेका छन् । उहाँको कामबाट प्रेरणा र शीप सिकेर धेरैले व्यवसाय सञ्चालन गरेका छन् ।

जिल्लाकै सबैभन्दा धेरै टमाटर उत्पादन गर्ने कृषकका रुपमा परिचित गेनालाल मुराउ उमेरले ७२ कटिसके पनि उहाँको जोश र जाँगरले भने जो कोहीलाई पनि प्रेरणा दिन्छ । मौसममा दिनको १५/२० क्विन्टलसम्म टमाटर बिक्री गर्दै आउनुभएका मुराउले उत्पादन गरेको टमाटरको माग अन्यत्रभन्दा ज्यादा छ ।

टमाटर खेती बढाउँदै लग्नुभएका मुराउले गतवर्ष १५ बिघा जग्गामा खेती गर्नुभएको थियो । टमाटरसँगै आँपलगायतका फलफूल खेती पनि गर्दैआउनुुभएका मुराउले जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय पुरस्कारहरु पाइसक्नु भएको छ । उहाँको बारेमा जान्न र यस्तै तरीकाले खेती गर्न टाढाबाट युवा किसानहरु अवलोकन गर्न आउने गरेका छन् ।

खजुरा–३ सीतापुरका गेहेन्द्र धिताल धेरैका किसान गुरु हुनुहुन्छ । कपास विकास समितिमा सरकारी जागीर छाडेर व्यावसायिक कृषिमा लाग्नुभएका उहाँले सफल किसानको परिचय बनाउनुभएको छ । उहाँको बारीमा बा¥हैमास केही न केही तरकारी फलेको देख्न पाइन्छ । गेहेन्द्रको तरकारी र फलफूल खेतीबाहेक अन्य व्यवसाय छैन ।

उहाँले आफ्नो घरखर्च चलाउँदै छोराछोरीलाई अध्ययन गराइरहनु भएको छ । आधुनिक प्रविधिबाट खेती गर्दै आउनुभएका उहाँसँग धेरै किसानहरु लालायित हुँदै सल्लाह लिने गर्छन् । उहाँबाट प्रेरणा लिएर धेरैले गाउँमै तरकारी खेती शुरु गरेका छन् । गेहेन्द्रले अनुदानभन्दा पनि आफ्नो कर्ममा बढी विश्वास लाग्ने गरेको बताउनुभयो ।

नेपालगञ्जमा चलेको होटल व्यवसायलाई छाडेर बङ्गुरपालन व्यवसाय गरी कृषिमा क्रान्ति गर्छु भन्दै खजुरा पुग्नुभएका किसान प्रेम खरेलले ब्राहमणले बङ्गुर छुन हुन्न भन्ने मान्यतालाई चिर्दै व्यवसायलाई निरन्तरता दिनुभयो । अहिले उहाँलाई काममा भ्याइनभ्याई छ । बङ्गुर व्यवसायबाट शुरु उहाँको कृषि कर्म बाख्रा, हाँस, माछा, खरायो, लोकल कुखुरापालनसम्म पुगेको छ ।

लाखौं युवाका लागि प्रेरणाको स्रोतका रुपमा खरेललाई लिन सकिन्छ । पशुपालनमा लागेपछि खरेलको चर्चा पनि देश विदेशमा हुने गरेको छ । पशुपालन थालेपछि उहाँ पनि जिल्ला स्तरीय, क्षेत्रीय तथा राष्ट्रिय पुरस्कारबाट पुरष्कृत भइसक्नु भएको छ । अहिले उहाँले आफ्नो फार्मलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिरहनुभएको छ जसले गर्दा उहाँको व्यवसायको चर्चा झनै बढेको छ ।

खजुराका पुराना व्यावसायिक किसानहरुको भीडमा वडा नं ५ का अब्दुल अन्सारीको नाम अग्रपङ्क्तिमा आउने गर्छ । खजुरामा व्यावसायिक रुपमा किसानहरुले तरकारी खेती नगर्दा अन्सारीले शुरुआतमै ठूलो क्षेत्रफलमा तरकारी खेती गर्नुभएको थियो । उहाँकै बारीको तरकारीले खजुरा बजारका उपभोक्त्ताको भान्सा धानेको छ । अहिले पनि उस्तै जोश लिएर अन्सारीले व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ ।

उहाँको खेतबारीमा काम गर्नेले अहिले आफ्नै व्यवसाय पनि सञ्चालन गरिरहेका छन् । शीप सिक्ने पाठशालाजस्तै छ, अन्सारीको खेतीपाती । आफ्नै मेहनत र आँटले देश विदेशमा चिनिनुभएका उहाँले खजुरालाई पनि उसैगरी परिचित बनाउनुभएको छ । खजुरामा तरकारी खेतीको इतिहास अन्सारीबाटै शुरु हुने गर्छ ।

खजुरा मनकामनाका काशीराम कँडेल व्यावसायिक गाइपालक किसान हुनुहुन्छ । तीन दशकदेखि व्यावसायिक पशुपालन गर्दै आउनुभएका उहाँ किसानका हकहितमा निडर भएर बोल्ने किसान नेताका रुपमा पनि परिचित हुनुहुन्छ । गाईपालनबाटै आफ्नो व्यवहार धानेका उहाँले तरकारीसँगै अन्नबाली पनि लगाउँदै आउनुभएको छ । उत्पादन गरेको दूध वर्षभरि डेरीमा पु-याउने किसानहरुको नाम लिँदा काशीरामको नाम अग्रपङ्क्तिमा आउँछ ।

खजुरा–२ गौरीनगरका ६१ वर्षीय कृषक खत्री टमाटर र कुखुरापालक किसान हुनुहुन्छ । परम्परागत रुपमा टमाटर खेती गर्दैआउनुभएका उहाँले आधुनिक प्रविधि अपनाएर झण्डै दोब्बर उत्पादन लिँदै आउनुभएको छ । परम्परागत रुपमा लगाइने टमाटरको एक बोटमा पाँचदेखि छ किलोसम्म उत्पादन हुन्छ । आधुनिक प्रविधि अपनाएपछि आठदेखि दश किलोसम्म उत्पादन लिन सकेको उहाँको भनाइ छ ।

बाहिरी जिल्लाहरुबाट फार्म अवलोकनका लागि आउने किसानहरुलाई कृषिमा नयाँ प्रविधिको प्रयोग गर्न उहाँले सुझाव दिनुहुन्छ । छ वर्षअघि कृषि विकास बैंकबाट अवकाश लिएसँगै उहाँ व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको हो । जागीरे भएकै बेला पनि सामान्यरुपमा खेती गर्दै आउनुभएका खत्रीले अवकाश लिएपछि पूरै समय खेतबारीमा खर्चिन थाल्नुभएको छ । आधुनिक इजरायली प्रविधि, थोपा सिँचाइ तथा प्लाष्टिक मल्चिङ गरेर टमाटर उत्पादन गरिरहनुभएका उहाँले वार्षिक १५ देखि २० लाखसम्म नाफा कमाउनुहुन्छ । खत्रीले एक दर्जनभन्दा बढीलाई रोजगारी पनि दिनुभएको छ ।

खजुरामा आधुनिक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती गरी सफल व्यक्तिको रुपमा परिचय बनाउनुभएको छ, पदमबहादुर रानाले । तरकारी खेतीमा के गर्नुपर्छ भनेर जान्न कृषक पदमको घर खजुरा–३ मा पुगे हुन्छ । पदमले गरेको आधुनिक प्रविधिलाई खजुराका अन्य किसानले पनि अपनाएका छन् । उहाँको खेतबारीमा काम सिकेर धेरै युवा व्यावसायीक बनेका छन् । बाँकेमा राष्ट्रपति पुरस्कार पाउने पहिलो कृषक पनि उहाँ नै हुनुहुन्छ ।


खजुरामा धेरै किसानहरु कृषि कर्मबाटै सफल जीवन बिताइरहेका छन् । गाउँपालिकाले पनि वर्षेनी किसानहरुको प्रोत्साहन तथा कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट छुट्टाएको कृषि शाखाका प्रमुख समिर ठाकुरले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/७६ मा रु ४० लाख कृषिमा छुट्टयाएको गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा रु ६० लाख बजेट विनियोजन गरेको छ । “हुन त खजुरालाई देश विदेशमा चिनाउने कृषि पेशा मात्रै होइन तर पनि, कृषि बिना खजुरा अधुरो छ,” खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले भन्नुभयो – “बाँकेमै खजुरा क्षेत्र कृषि उत्पादनमा अगाडि छ ।”

कृषि पेशामा अब्बल बनेका व्यावसायिक किसानहरुले आफूमात्रै कृषि कर्म गरेका छैनन् कि नयाँ पुस्तालाई पनि कृषि व्यवसायमा लाग्न प्रेरित गरिरहेका छन् । अन्य जिल्लाबाट खजुराका किसानले अपनाएको व्यावसायिक कृषि पद्धतिको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि उत्तिकै बढ्दो छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com