डोली हरायो !


प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार

एकदशक अघिसम्म रुकुम पूर्व का गाउँमा हुने बिहेवारीमा दुलहीलाई डोली चढाएर भित्र्याउने चलन अहिले देख्न पाइँदैन । त्यतिबेला हरेक टोलमा एउटा डोली हुनेगरेकामा अहिले जिल्लाभर खोजे पनि भेटिँदैन । पछिल्लो पुस्ताले त डोली कस्तो हुन्छ भन्नेसमेत थाहा पाएका छैनन् ।

विसं ०६५ मा सिस्ने गाउँपालिका–५ की रीता बस्नेतले विवाहका बेला बेहुला पक्षले आफूलाई लिन रातो कपडाले सजाएको डोली ल्याएर आएको बिर्सनुभएको छैन । अहिले डोली बोकेर हिँड्दै गरेका जन्ती भेट्न मुस्किल छ । डोलीसँगै पुराना सांस्कृतिक पहिचान र परम्परा लोप हुँदै गएका छन् ।

सोही गाउँपालिका–८ स्यालापाखाकी बिमला योगीको ०५५ सालमा र वडा नं ६ की नम्रता मगरको पनि ०६० मा बिहे हुँदा उहाँहरू डोली चढेरै आउनुभएको थियो । सिस्ने–५ की कमला परियारको बिहे हुँदा पनि उहाँलाई जन्ती पक्षले रङ्गीचङ्गी बनाएर साजाइएको डोलीमा हाली ल्याएकोे सम्झँदा रमाइलो मान्नुहुन्छ । आफ्नो बिहेको रमाइलो पल सुनाउँदै कमलाले भन्नुभयो, “त्यसबेला बेहुलीलाई जन्तीले डोलीमै बोकेर ल्याउने चलन थियो ।”

स्थानीयवासी आफँैले काठको डोली बनाउँथे । डोली प्रयोग गरेबापत जन्तीलाई निश्चित रकम दिने चलन थियो । त्यसबाट आम्दानी पनि राम्रै हुन्थ्यो । डोली प्रयोग हुन छोडेपछि केहीको आम्दानी पनि सुकेको स्थानीयवासी रामबहादुर बुढाथोकीले बताउनुभयो । डोली कसैले एक पटक भाडामा लिएबापत रू तीन हजारसम्म दिने गरेको उहाँले उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिजोआज धेरैतिर सडक पुगेपछि गाडी चल्न थालेकाले सबैले गाडी प्रयोग गर्न थालेका छन् । पहिले–पहिले घोडाको प्रयोग पनि बढी नै थियो । अहिले बिहेमा घोडाको प्रयोग पनि शून्य भएको सोही गाउँपालिका–४ की सानु बुढाले बताउनुभयो ।

गाउँघरको परम्परागत कला र संस्कृति पनि लोप हुँदै गएको सोही गाउँपालिका–५ का मोहन शाहीले बताउनुभयो । आफ्नो संस्कृति, रीतिरिवाज जोगाउन ध्यान नदिँदा थुप्रै परम्परा मासिँदै गएको छ भन्दै उहाँले सवारी साधनहरु गाउँघरमा पुगे पनि आफ्नो पहिचान लोप हुनु राम्रो नभएको बताउनुभयो । गाडीमा सहज भए पनि डोली चढाएर दुलही अन्माउनु बेग्लै मिठास हुने शाहीको भनाइ थियो ।

मगर बाहुल्यता रहेको रुकुम पूर्वमा फरक भाषा, वेशभूषा, चालचलन, रीतिरिवाज भएका बासिन्दाको बसोबास छ । कतिपय संस्कृतिहरुलाई पश्चिमेली संस्कृतिले फेरबदल गरिदिएको छ । अहिलेका बिहे, व्रतबन्ध, र अन्य चाडपर्वहरुलाई आधुनिकताले परिवर्तन गरिसकेकोे छ ।

स्थानीय सरकारले संस्कृति जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको उक्त गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । उहाँले भन्नुभयो “मौलिक कला संस्कृतिले जिल्लाको पहिचान झल्काउने गर्दछ ।” “मौलिकता बोकेका कतिपय परम्परा जोगाउनै पर्छ भन्ने मान्यताले गाउँपालिकाअघि बढेको छ”, उहाँले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com