पहिरोमा परी गुल्मीमा ६ जनाको मृत्यु, कैयौँ बेपत्ता


प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार

पहिरोले घर पुरिदा गुल्मीमा  ६ जनाको मृत्यु भएको छ ।  गएरातिदेखि परेको अविरल बर्षाका कारण गुल्मीको सत्यावती गाउँपालिका वडा नं ३ ठुलोलुम्पेक कुसुङथला र  सत्यावती गाउँपालिका वडा नं ४ लिम्घा मा घर भत्किँदा ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० बर्षीय तिलकुमारी त्रामु , १० बर्षका दर्शन त्रामु रहेका छन् भने ४ जनाको पहिचान खुल्न सकेको छैन ।  पहिचान खुल्न नसकेका चार जनाको शव सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा   फेला परेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । बगाएका  ४ घरमा  कति जना बस्दथे भन्ने जानकारी अहिलेसम्म हुन नसकेको स्थानीय जनप्रतिनिधि को भनाई छ ।

अहिले पनि पानी परिरहेकाले घाइतेहरुलाई उपचारको लागि लैजान समस्या भइरहेको स्थानीयले बताएका छन् । उद्दारको लागि  स्थानीय र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।  पुरिएका घरमा कैयौँ मानिसहरु हराएको आशंक्का गरिएको छ । घटनाबारे थप विवरण आउँन बाँकी छ ।

 

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com