कान समातेर उठबस गर्दा यतिधेरै फाइदा !


प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार

कान समातेर उठबस गराउने विधि केवल सजाय मात्र नभई होइन योगाभ्यास पनि हो भन्दा अनौठो लाग्छ । तर यो सत्य हो, यसले दिमागलाई सक्रिय पार्नुको साथै एकाग्रता पनि बढाँउन मद्दत गर्छ ।

केही समयअघि गरिएको एक अध्ययनले कान समाएर उठबस गर्नाले स्वास्थ्यमा विभिन्न खालका फाइदा हुने देखाएको थियो । यो सजाय नभै योगा जस्तै पनि हो । प्राचीन समयका गुरुकुलमा विद्यार्थीलाई यस्तै योगाभ्यास गराइन्थ्यो ।
उठबस गर्दा कानको तल्लो भागमा समाइन्छ जुन भागमा विशेष एक्यूप्रेसर प्वाइन्ट हुन्छ । र, त्यस भागमा समाउँदा एक्यूप्रेसर प्वाइन्टमा दबाब पर्दछ जसले मस्तिष्कका विशेष तन्त्रिकामा सक्रियता बढाउँदछ । यसले मस्तिष्कको कसरत भई मस्तिष्कको कार्यदक्षता बढ्दछ ।

कान समाएर उठबस गर्दा मेमोरी कोषिकामा रक्तप्रवाह तीव्र हुन्छ । जसले मस्तिष्कको बायाँ र दायाँ हिस्साको कार्यप्रणालीमा सामाञ्जस्यता स्थापित हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com