खेलभित्रबाट नेतृत्व !


प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार

पठनपाठनसँगै नेतृत्व विकास र  क्षमताअभिबृद्धि  गर्ने उदेश्य राखेर  ललतिपुरको  क्यारिवियन  स्कुलले बालबालिकाहरुलाई दुई दिने तालिम दिएको छ ।

भविस्यमा सही नेतृत्व दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्न  नानीबाबुहरुलाई ‘नेतृत्व विकास सम्बन्धि’तालिम दिएको स्कुलका सहायक प्रिन्सीपल हरि खत्रीले बताउनुभयो । ‘हाम्रो उदेश्य भविस्यमा, राजनीतिक, समाजिक वा व्यावसायिक क्षेत्रमा सही नेतृत्व दिनसक्ने दक्ष जनशिक्त उत्पादन गर्नु हो,यो तालिमले नानीबाबुहरुमा आत्मविश्वास बढाउनुका साथै जिम्मेबार बन्न सिकाउनेछ’, उहाँले भन्नुभयो ।

नुवाकोट ककनिमा रहेको अन्तराष्ट्रिय स्काउट क्याप्पमा दुई दिनसम्म सञ्चालन गरिएको तालिममा कक्षा ५ देखि १० सम्मका २१ जना विद्यार्थिहरु सहभागी थिए । तालिममा सहभागी सबै विद्यार्थीहरु स्कुलका काउन्सिल सदस्यहरु हुन ।

तालिम भर बालबालिकालाई  सामुहिक रुपमा काम कसरी गर्ने ? सफल हुन, सही नेतृत्व कसरी गर्ने? काम गर्दा आउने घुम्तीमोडहरुलाई कसरी पार गर्ने ?  नेतृत्वले सही निर्देशन दिन नसक्दा आउने परिणाम, नेतृत्व हस्तान्तरण र नेतृत्वमा हुनुपर्ने धैर्यता, कोडिनेसन, काममा  सहकार्य , काम गर्दा,पटकपटक असफल हुनसक्छ, तर फेरि कसरी उठेर आफ्नो उदेश्य पुरा गर्ने भन्ने जस्ता  शिक्षा खेलको माध्यमबाट सिकाइएको थियो । तालिमको नेतृत्व स्कुलका प्रिन्सिपल चन्द्रायान श्रेष्ठले गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com