रुदा पनि यति धेरै फाइदा !


प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार

बच्चा जन्मिनेबित्तिकै रुन्छ । यसको अर्थ ऊ स्वस्थ छ । वयस्क मानिस पनि परिस्थितिअनुसार दुःख वा खुसीमा रुने गर्छ । रुनु सामान्य भावनात्मक प्रतिक्रिया हो । रुने मानिसलाई हाम्रो समाजमा कमजोर मुटु भएको संज्ञा दिइन्छ । तर, यसमा सत्यता छैन । अध्ययनका अनुसार आँसु झार्नु शरीर र दिमागका लागि निकै फाइदाजनक हुन्छ । अब जानौँ, रुनुका फाइदा ः

आँखा सफा राख्छ

रुँदा तीन किसिमका आँसु झर्छन् । रिफ्लेक्स, लगातार भरिरहने र भावनात्मक आँसु । रिफलेक्स आँसुु धुलो–धुवाँ आदिका कारण झर्छ । यसले आँखामा पसेका वस्तुलाई बाहिर निकाल्छ । निरन्तर झर्ने आँसुले आँखामा हुने संक्रमणबाट बचाउँछ । यसमा करिब ९८ प्रतिशत पानी हुन्छ । त्यस्तै, भावनात्मक आँसुमा तनाव हर्मोन र अन्य विषाक्त वस्तु बाहिर आउँछन् ।

पीडा कम गराउँछ

रुँदा शरीरमा भएको ओक्सिटोकिन र इन्डोजिनियस नामक पीडाको हर्मोन आँसुको माध्यमबाट बाहिर आउँछ । त्यसैले, रोएपछि स्वतः पीडा कम हुन्छ । शारीरिक र भावनात्मक दुवै पीडालाई कम गर्न मद्दत गर्छ । पीडा भएका वेला रोएमा एकछिनमै शान्त महसुस गराउँछ ।

मुड राम्रो हुन्छ

शरीरमा म्याग्निजको मात्रा बढी हँुदा थकाइ लाग्ने, रिस उठ्ने, डराउने आदि समस्या देखिन्छन् । कहिलेकाहीँ मस्तिष्कको तापमान एकदमै बढेर जान्छ । यसले मुड परिवर्तन गराउँछ । ठूलो स्वरले रुँदा मस्तिष्कका नसामा सजिलै अक्सिजन पुग्छ, यसले तापक्रम कम गराउँछ । फलस्वरूप रोएपछि शान्त महसुस गर्न सकिन्छ ।

तनाव कम

रुनुको प्रमुख कारण तनाव हो । रुँदा तनाव हार्मोन तथा अन्य रसायन सक्रिय हुने भएकाले आँसुको माध्यमबाट बाहिर निस्कन्छन् । जसले गर्दा तनाव स्वतः कम हुन्छ ।

निद्रा पर्छ

विशेषगरी, रुने बच्चामा राम्ररी निद्रा पर्छ । दिउँसोको समयमा बढी रुने बच्चा राति निदाउँछन् । जसले गर्दा उनीहरू स्वस्थ हुन्छन् । त्यस्तै, रुँदा वयस्कहरूमा पनि मन हलुंगो हुने, तनाव हराउने र मुड राम्रो हुने भएकाले निद्रा मज्जाले पर्छ ।

दृष्टिमा सुधार

रुँदा आँसुले ब्याक्टेरियालाई मार्ने भएकाले आँखामा संक्रमण हुनबाट बचाउँछ । त्यस्तै, आँखामा भएका विभिन्न रसायन बाहिर आउने भएकाले दृष्टिको समस्या निकै कम हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com