पूर्वका तीन राजमार्ग ठप्प


प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार

पहिरोका कारण पहाडी जिल्ला जोड्ने तीन मुख्य राजमार्ग सातादेखि ठप्प छन् । सिद्धिचरण, कोशी र मेची राजमार्गका ठाउँ-ठाउँमा पहिरो खसेको छ।

सिद्धिचरण राजमार्गको बेतेनी–घुर्मी खण्डअन्तर्गत उदयपुरको कटारी नगरपालिका–११ स्थित ठाँटीभन्ज्याङमा ‘एलाइमेन्ट’ नै परिवर्तन गर्नुपर्ने अबस्था भएपछि सञ्चालनमा कठिनाइ भएको छ। यो राजमार्ग रोकिँदा सोलु, ओखलढुंगा र खोटाङ जिल्लामा औषधि र खाद्यान्न अभाव हुन थालेको छ।

पाँच दिनदेखि अवरुद्ध मेची राजमार्गको पाङ्गे्रभिरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन। कोशी राजमार्गको धनकुटा–धरान खण्डमा गएको पहिरो हटाउन तीन महिना लाग्ने भएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com