अमेरिकाको प्रतियोगितामा नेपाली छोरी अग्रस्थानमा, अनलाइन भोटिङमा तीनजना पछाडि, आज अन्तिम दिन


प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार

अमेरिकाको क्यालिफोर्नियामा आयोजित मिस फिलिपिन्स युएसए २०१९ नेपाली पिताकी छोरी अग्रस्थानमा रहेकी छिन् । उनलाई जिताउन अमेरिका र संसारभर छरिएका नेपालीहरुले अनलाइनमार्फत भोट गरिरहेका छन् ।

नेपाली पिता कर्ण चन्दकी छोरी मिराकल चन्दलाई अनलाइन मतमा अहिलेसम्म तीनजनाले उछिनिरहेका छन् । यो समाचार तयार पार्दासम्म मिराकल चन्दले ९ हजार ५ सय २९ मत ल्याएकी छिन् भने पहिलो नम्बरमा ब्रेयाना टोमेनिसले १५ हजार ७ सय २६ मत ल्याएकी छिन् ।

अनलाइनमार्फत मत दिनका लागि यहाँ क्लिक गर्नुहोला ।

नेपालको बैतडी स्थायी घर भएका कर्ण चन्द हालसपरिवार अमेरिकामा बस्दै आएका छन् । मिराकलकी आमा फिलिपिन्सकी नागरिक भएको हुनाले उनले मिस फिलिपिन्स युएसएमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् ।

अनलाइन भोटिङमा एक जनाले १ दिनमा १ भोट गर्न पाइने नियम छ । अनलाइन भोटिङको आज अन्तिम दिन हो । मतदान जुलाई २० मा समाप्त भएपछि मिस फिलिपिन्स युएसए २०१९ को घोषणा जुलाई २१ मा हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com