योगेशको पेटबाट  किलाहरु निकालियो !


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

हाम्रो छिमेकी राष्ट्र भारतको मध्य प्रदेशमा एक आश्चर्य जनक घटना सार्वजनिक भएको छ । मध्ये प्रदेशको छतरपुरका एक स्थानीयको पेटबाट विभिन्न प्रकार चिजहरु निकालिएको छ, जसले केवल अपरेशनमा खटिएका डाक्टरहरु मात्रै होइनन्, दुनियाका सबैलाई आश्चर्यचकित बनाउँछ ।

अपरेशनबाट एक ब्यक्तिको पेटबाट प्लास्टिकको पेन, बोरा सिलाउन प्रयोग गरिने सियो, ब्लेड, फलामको काँटी, लेदरमा विभिन्न सामानलगाएत ३३ प्रकारका सामग्रीहरु निकालिएको छ । इशानगरका ३० वर्षीय योगेश यादबको दुई दिन पहिले अत्याधिक पेट दुखाई भएको थियो । त्यसपछि उनी नजिकैको डाक्टर एमपिएन खरेको पास पुगेका थिए ।

त्यहाँ डाक्टरले बिरामी योगेशको पेटको एक्सरे गराए । त्यसपछि अपरेशन गर्नुपर्ने आवश्यक देखियो । अपरेशन गर्ने क्रममा योगेशको पेटबाट विभिन्न ३३ प्रकारका अखाध्य पदार्थ निकालियो ।

परिवारको भनाइ अनुसार योगेशको टाउको दुखिरहने समस्या थियो । उनको जे पायो त्यही उठाएर खाने नराम्रो बानी थियो । त्यसरीले उनको पेटमा फलाम र प्लाष्टिकका विभिन्न सामान थुप्रिएपछि उनको पेट दुख्न सुरु गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपरेशनपछि योगशको स्वास्थ्यावस्था पहिले भन्दा धेरै सुधार भएको बताइएको छ । अहिले डाक्टरहरुले योगेशलाई केही दिनसम्म आफ्नै निगरानीमा राख्ने फैसला गरेका छन् । योगशकी आमा सुष्मा यादबले भनिन्, ‘अपरेरशनपछि छोरा योगेशलाई भेटे । उनी पूरै ठीक अवस्थामा देखे । हामी कसैलाई थाहा भएन, उनले फलामको किला खान्छन् भनेर ।’

डाक्टर एमपीएन खरेले भने, ‘अपरेशन गर्न निकै मुश्किल थियो, तर अफल भयो । योगेशको पेटबाट सबै ती चिजहरु निकालियो । एक–दुई दिन पश्चात उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com