अमेरिकाद्धारा मेक्सिको सीमामा थप सैनिक परिचालन


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

वासिङ्टन,(सिन्ह्वा/ अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ ।आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमाबाट अवैध आप्रवासीको अमेरिका आगमनमा कडाई गर्ने घोषणा गरेयता मेक्सिको सीमाक्षेत्रमा अमेरिकी सैनिकको संख्या बढ्दै गएको छ ।

थप हुने सेनासहित अब सीमाक्षेत्रमा करिब छ हजार ६०० सैनिक तैनाथ हुनेछन् । सैनिकहरुले अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनलाई सुरक्षा कार्यमा मद्दत गर्नेछन् ।

राष्ट्रपति ट्रम्पले सन् २०१८ को अप्रिलमा नेसनल गार्डमा आबद्ध सैनिकलाई सीमाक्षेत्रमा तैनाथ गर्नेगरी आदेश दिनुभएको थियो । सन् २०१८ कै अक्टोबरमा पनि ठूलो संख्यामा अमेरिकी सेना मेक्सिकोको सीमाक्षेत्रमा पठाइएको थियो ।
मध्य अमेरिकी राष्ट्रहरुबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेश गर्न थालेको भन्दै त्यसलाई रोक्न ट्रम्प प्रशासनले सैनिक परिचालन गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com