यतिठूलो खेलवाड: औषधिको नाम थाहा छ, फार्मेसी पढेका हैनन्


प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार

काठमाडौंको बल्खुमा ‘तारा औषधि पसल’ छ । ६ वर्षदेखि सञ्चालित यो पसलमा औषधि विक्रेताका रूपमा छिन्, रविना केसी । उनी निर्धक्क औषधि बेच्छिन् । तर, उनले फार्मेसी पढेकी छैनन् । ‘श्रीमान्ले फार्मेसी पढ्नुभएको हो । उहाँ काममा जानुभएको छ । त्यसैले म आफैं औषधि दिन्छु, औषधिको नाम त सबैको थाहा छ,’ रविना भन्छिन् ।

काठमाडौंकै कीर्तिपुरमा विगत सात वर्षदेखि सञ्चालित ‘चन्दरा औषधि पसल’ मा आकांक्षा श्रेष्ठ पनि औषधि बिक्री गर्छिन् । ‘ज्वरो, रुघालगायत सामान्य बिरामी भएकालाई औषधि दिन्छु, औषधि त चिनेको छु,’ उनी निर्धक्क भन्छिन्, ‘फार्मेसी पढेको छैन ।’ उनको यो पसल दर्तासमेत भएको छैन ।

राजधानीमा मात्र होइन, बाहिर पनि फार्मेसी नपढेका व्यक्तिले औषधि पसल सञ्चालन गरेका प्रशस्त उदाहरण छन् । त्यस्तै, दाङको बेलझुन्डीमा रहेको ‘महेश्वरी औषधि पसल’ मा शिक्षा संकाय पढेका महेश बस्नेत औषधि बेच्छन् । ‘श्रीमती सरकारी सेवामा कार्यरत छिन् त्यसैले म पसल धानेर बसिरहेको छु, गाउँको सेवा पनि त हो,’ उनी भन्छन् । यो समाचार आजकोराजधानी दैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com