अमेरिकामा गाडीको नम्बरप्लेटमा नेपालीपन (फोटो फिचर)


प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार

अमेरिकामा रहेका कैयन नेपालीहरुले आफ्नो गाडीको नम्बरप्लेटमा नेपालीपन झल्किने नम्बरहरु राखेका छन् । अमेरिकामा गाडीको नम्बर आफूले चाहेको शब्दमा समेत कस्टमाइज गर्न पाइने भएकाले नेपालीहरुले यो सुविधालाई उपयोग गर्दै नेपालीपन झल्कने नम्बरहरु राखेका हुन् ।

अमेरिकामा बस्ने कैयन नेपालीहरुले नेपाल, नेपाली, गोरखा, गोरखाली, शेर्पा जस्ता शब्दहरु राखेर आफ्नो नम्बरप्लेट कस्टमाइज गरेका छन् । आफू नेपाली भएकोमा गर्व गर्नेहरुले नेपालीपन झल्किने यस्ता शब्दहरुबाट गाडीको नम्बरप्लेट बनाएर नेपालप्रतिको माया दर्शाउने गरेका छन् ।

हामीले केही नेपालीका नम्बरप्लेटहरुका तस्वीरहरु संकलन गरेका छौं । तपाईको नम्बरप्लेटमा पनि नेपालीपन झल्किने शब्द छ भने हामीलाई पठाउनुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com