जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त


प्रकाशित मिति : फाल्गुन १, २०७३ आईतबार

सरकारले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आईतबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

डिआईजीहरु नवराज सिलवाल र जयबहादुर चन्द मध्ये कसलाई प्रहरी प्रमुख बनाउने भन्नेबारे शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।

त्यस्तै मन्त्रिपरीषद्को बैठकले शसस्त्र प्रहरी बलको महाननिरीक्षक (आईजीपी)मा एआईजी सिंहबहादुर श्रेष्ठलाई बढुवा गर्ने निर्णग गरेको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए ।

आईतबार विहान करिब २० मिनेट मात्र बसेको बैठक दुई जना प्रहरी प्रमुख नियुक्त गरेर सकिएको छ । ‘निर्वाचन चाँडै सम्पन्न गर्नुपर्ने छ’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री राम कार्कीले भने, ‘त्यसैले प्रहरी प्रमुखमा बढुवा गर्ने एउटा मात्रै निर्णय गरेर बैठक टुंग्याईएको हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल प्रहरी (जनपदतर्फ) प्रहरी प्रमुख बन्नका लागि चार जना डिआईजीहरु प्रतिस्पर्धामा थिए । आफ्नो प्रतिस्पर्धीहरु नवराज सिलवाल, प्रकाश अर्याल र बम बहादुर भण्डारीलाई पछि पार्दै चन्द नेपालको २५ औं आईजिपी बन्न सफल भएका छन् ।

नेपाली कांग्रेसको सभापती शेर बहादुर देउवाको साथ पाएका चन्द बरियतामा भने तेस्रो नम्बरमा थिए । अन्तिम समसयम्म देउवाले चन्दलाई प्रहरी प्रमुख बनाउनपर्ने अडान राखेपछि नवराज सिलवालको पक्षमा रहेका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधी पछि हट्न बाध्य भएका थिए ।

सोमबारदेखि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहित अन्य एआईजीहरु समेत अनिवार्य अवकासका कारण घर जान लागेको हुनाले सरकारले डिआईजी मध्येबाट प्रहरी प्रमुख छानेको हो । चन्द सहितका अन्य चार जना डिआईजी २०४४ सालमा इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।

शसस्त्रको बागडोर सिंहबहादुरको जिम्मा

नेपाल प्रहरीको डिएसपीबाट एक तह बढुवा भएर शसस्त्र प्रहरी बलमा प्रवेश गरका सिंहबहादुर श्रेष्ठ शसस्त्र प्रहरी बलको नयाँ आईजिपी नियुक्त भएका छन् । ३० बर्षे सेवा अवधिका कारण दुर्जकुमार राईले फागुन २ गतेबाट अनिवार्य अवकास पाउने हुनाले सरकारले श्रेष्ठलाई शसस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । आफ्ना अन्य दुई प्रतिस्पर्धी एआईजीहरु प्रकाश ओझा र प्रेम कुमार शाहीलाई श्रेष्ठले पछि पारेका छन् ।

२०५७ सालमा नेपाल प्रहरी र नेपाली सेनालाई मिलाएर सरकारले शसस्त्र प्रहरी बल गठन गर्दा श्रेष्ठ नेपाल प्रहरीबाट शसस्त्रतिर जान तयार भएका थिए । त्यतिवेला डिएसपी रहेका श्रेष्ठ १० महिनापछि एसपी भएका थिए । एआईजी बरियतामा एक नम्बरमा रहेका श्रेष्ठ हाल प्रशासन विभागमा कार्यरत थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com