८२ करोड मानिस भोकमरीको चपेटामा : युएनएफएओ


प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार

एजेन्सी । संयुक्त राष्ट्र संघको खाद्य एवम् कृषि संगठन युएनएफएओले विश्वभर ८२ करोड मानिस भोकमरीमा रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

पछिल्ला तीन वर्षयता भोकमरीबाट प्रभावित मानिसहरुको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन युएनएफएओले सार्वजनिक गरेको नयाँ प्रतिवेदन ‘स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रेशन इन द वल्र्ड २०१९’ अनुसार भोकै बस्नुपर्ने बाध्यता भएका मानिसहरुको संख्या बढेको छ ।

प्रतिवेदनअनुसार सन् २०१८ मा ८२ करोड मानिस भोकै बस्नुपरेको थियो । एसियामा भोकै बस्ने मानिसको संख्या सवैभन्दा बढी , ५१ करोड ३९ लाख रहेको छ भने अफ्रिकामा भोकै बस्नेको संख्या २५ करोड ६१ लाख रहेको उक्त प्रतिवेदनले देखाएको छ ।

संयुक्त राष्ट्र संघको सन् २०३० को दिगो विकासको लक्ष्यले यो पछिल्लो प्रतिवेदनले चुनौति दिएको छ । दिगो विकास अन्तर्गत सन् २०३० सम्ममा विश्वलाई ‘शुन्य भोकमरी’ गराउने लक्ष्य राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com