किरण मरहठ्ठा र किशोर पन्थीका पुस्तक न्युयोर्कको क्वीन्स पुस्तक मेलामा छनौट


प्रकाशित मिति : असार २८, २०७६ शनिबार

पत्रकारहरु किरण मरहठ्ठा र किशोर पन्थीका पुस्तक न्युयोर्कको क्वीन्स पुस्तक मेलामा छनौट भएका छन् । आज न्युयोर्कको क्वीन्समा रहेको जमैकामा आयोजिक उक्त पुस्तक मेलामा दुबैजनाले आफ्नो मन्तब्य समेत राखे । मेलामा पत्रकारहरु मरहठ्ठा र पन्थीका बारेमा आयोजकका तर्फबाट विस्तृत परिचय समेत गराइएको थियो भने दुबै पत्रकारले आफ्ना पुस्तकहरु हु इज हु र कम्पनका बारेमा जानकारी गराएका थिए । दुबै पत्रकारको सम्मानमा मन्तब्य लगत्तै नेपालको राष्ट्रिय गान समेत बजाइएको थियो । पुस्तक मेलाको आयोजना बियोण्ड द अब्युजले गरेको हो ।

पुस्तक मेलाका तस्वीरहरु ।

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com