बेलायती विश्वविद्यालयमा अध्ययनका लागि झण्डै बीस हजार चिनियाँ विद्यार्थीको आवेदन


प्रकाशित मिति : असार २८, २०७६ शनिबार

बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७६० जनाले आवेदन दिएका छन् ।आवेदन दिनेहरुको यो संख्या अघिल्लो बर्षको भन्दा ३० प्रतिशत बढी भएको चाइना डेलीले शनिबार लेखेको छ ।

बेलायती विश्वविद्यालयमा अध्ययनका लागि उत्तरी आयरल्याण्डबाट भन्दा चीनबाट बढी विद्यार्थीको आवेदन परेको यो पहिलो पटक भएको बताइएको छ ।

उत्तरी आयरल्याण्डबाट १८ हजार ५२० मात्र विद्यार्थी आउने अपेक्षा गरिएको कलेज तथा विश्वविद्यालयका प्रशासन श्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ ।

त्यसैगरी युरोपियन युनियनआवद्ध देशहरुबाट पनि विद्यार्थीहरु अध्ययनको क्रममा बेयलायत जाने क्रम बढेको अधिकारीहरुले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com