विपदबाट ४० वर्षमा ४० हजारकै मृत्यु, ३१० जना बेपत्ता


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपदजन्य घटनामा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ। यस अवधिमा विपदका २२ हजार ३७२ घटना भएका छन्। जसका कारण ३१० जना अहिले पनि बेपत्ताको सूचीमा रहेको गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन महाशाखाले जानकारी दिएको छ।

विपदबाट सो अवधिमा ५९ लाख ३२ हजार १२ घरपरिपार प्रत्यक्ष प्रभावित भएका छन् भने ३५ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको छ। गृहमन्त्रालयका अनुसार यस अवधिमा राजमार्ग तथा भिरालो पहाडमा गरी दुई हजारभन्दा बढी पहिरो गएको छ। यसैगरी यस अवधिमा मुसलधारे वर्षा, बाढीपहिरोले गरी ४२ हजार ९०० हेक्टर भूमागमा क्षति पुगेको छ। यो समाचार आजको राजधानी दैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com