भर्जिनियाका रुपाखेती परिवारद्वारा ५५ हजार डलर दान, भन्छन् – धन भएर हैन मन भएर


प्रकाशित मिति : असार २५, २०७६ बुधबार

विजय थापा

अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका समाजसेवी अरुण रुपाखेती र परिवारले डिसी मेट्रो सप्ताहमा पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका छन् ।

गत जुन २२ देखि जुन २९ सम्म सम्पन्न डिसी मेट्रो सप्ताह २०१९ का संयोजक समेत रहेका रुपाखेतीले पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गर्दै उक्त सप्ताहमा सर्वाधिक ठूलो दान गर्ने दानवीर भएका छन् । उनले उक्त रकमको घोषणा संगै संस्थापक संरक्षक बनेका छन् । ४० हजार डलरको सदस्यता बने पछि मात्र संस्थापक संरक्षक भईन्छ । रुपाखेती अनेसास डिसी शाखा र अन्य संघ/ संस्था संग आबद्ध छन ।

झन्डै दुई दशक देखि डिसी मेट्रो महानगर क्षेत्रमा बस्दै अन्य सामाजिक संस्थामा आबद्ध रुपाखेती डिसी नेपाली समाजका संस्थापक अध्यक्ष पनि हुन् । उनले बिदेशी माटोमा परम्परा ,संस्कृतिको सम्बर्द्धन र जगेर्ना गर्न डिसी नेपाली समाजको स्थापना गरेका छन् । उक्त मुनाफा रहित संस्था मार्फत झन्डै १० बर्ष देखि हजारौ नेपाली समुदायहरुलाई निशुल्क जनै पुर्णिमामा क्वाटी,जनै र दशैमा जमरा वितरण गर्दै आई रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिसी महानगर क्षेत्रमा सामुदायिक केन्द्र बनाउनु पर्छ भन्दै पुराण मार्फत यो सम्भव छ भन्ने मध्ये कै एक परिकल्पनाकार रुपाखेती हुन् । यसको लागि उनि र आफ्ना परिवार अहोरात्र खटिई सबैको अथक प्रयास र मेहनतको कारण अमेरिकामा भएका सप्ताह मध्ये सर्वाधिक ठूलो रकम २० लाख ३४ हजार डलर संकलन भएको थियो । जुन अमेरिकाको नेपाली समुदायको ईतिहासमा यति ठुलो सहभागिता र ज्यादा रकम नगद मात्र १० लाख डलर उठ्न सफल भएको थियो ।

डिसी मेट्रो सप्ताहको लागि नेपाल बाट वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल आएका थिए भने रुपाखेती कै घरमा पण्डित पोखरेल सप्ताह सम्म बसेका थिए । रुपाखेती दम्पत्ति ,२ छोराहरु ,बुबा आमा र छोरी समेतको कूल मिलाएर रुपाखेती परिवारले पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका हुन् । उक्त दान डिसी मेट्रो सप्ताहको अन्तिम दिन जुन २९ मा आफ्ना परिवारको साथ सबैको अगाडी दान दिने घोषणा गरेका थिए ।

उनले आफू चिकित्सक ,अभियन्ता र ठूलो पदमा काम गर्ने नभई घण्टा हान्ने काम गरेता पनि मन भएर दान गरेको बताएका थिए । उनले घोषणा गर्ने बित्तिकै उनलाई काँधमा हालेर पुराण स्थलमा घुमाईएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com