घाइते मुटुहरुको संग्रहालय !


प्रकाशित मिति : असार २५, २०७६ बुधबार

विश्वभर विभिन्न प्राचिन संग्रहालय निर्माण भएका छन् । तर, चीनकी एक युवतीले अनौठो संग्रहालय खोलेकी छन्, जसको नाम घाइते मुटुहरुको संग्राहलय राखिएको छ ।

हालै चीनमा २५ वर्षिया लियु यान नामकी युवतीले म्युजियम अफ ब्रोकन रिलेसनशीप अर्थात् टुटेको सम्बन्धको संग्राहलय खोलेकी छन् । यो संग्राहलयमा प्रेमी प्रेमिकाहरुसँग सम्बन्धित अनौठा सरसामानहरु राखिएको छ ।

हेइलोंगजियांग प्रान्तस्थित हार्बिन सहरमा रहेको यो संग्राहलय खुलेको २ हप्तामै १५ हजार भन्दा धेरैले भ्रमण गरिसकेका छन् । यो म्युजियममा प्रेमजोडीहरुले प्रेम सम्बन्ध टुटिसकेपछि पनि जिवनभर चिनोको रुपमा राखेका सामानहरु छन् ।

यो म्युजियम खोल्नुअघि लियु यानले सोसल मिडियामार्फत एक पोष्ट गर्दै मानिसहरुसँग आफ्नो ब्रेकअपसँग सम्बन्धित सामानहरु आफुलाई दिनका लागि अपिल गरेकी थिइन् । त्यसपछि दुनियाभरबाट ५० भन्दा धेरैले उनलाई १ सय भन्दा धेरै सामानहरु प्रदान गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com