भैंसी बेचेपछि छोराले आमाको ज्यान लियाे


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

पर्सामा एक युवकले आफूसँग सल्लाह नै नगरी घरको भैंसी बेचेको भन्दै आमाको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका २४ रामगढवाको नयाँबस्तीमा छोराले आफ्नै आमाको हत्या गरेका हुन् ।

नयाँबस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा गुडडुले आमा शोभा देवीको हत्या गरेको प्रहरीले जनाएको छ।

भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

धारिलो हतियार प्रहार गर्न थालेपछि भाग्ने क्रममा आमा शोभादेवीलाई लखेटदै गुड्डुले सडकमा पुगेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com