राष्ट्रसंघमा नेपाल र इसिमोडको छलफल, डेढ अर्बको जीवनमा जलवायु परिवर्तनको प्रभाव पर्ने चेतावनी


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्क र इसिमोडले हिमालयहरुमा वातावरण परिवर्तनको प्रभावबारे छलफल कार्यक्रमको आयोजना गरेका छन् । राष्ट्रसंघको उच्च स्तरीय राजनीतिक मञ्च अन्तरगत राष्ट्रसंघ मुख्यालय न्युयोर्कम साइड इभेन्टका रुपमा उक्त छलफल आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि राजदूत अमृतबहादुर राईले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै आगामी सेप्टेम्बरमा राष्ट्रसंघ महासचिवको क्लाइमेट एक्सन सम्मेलनमा यो छलफलले योगदान दिने बताउनुभयो । राष्ट्रीय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले नेपालजस्ता मुलुकले वातावरण परिवर्तनको प्रभाव उच्चस्तरमा सामना गरिरहेको बताउनुभयो ।

इसिमोडका डाइरेक्टर जनरल डेभिड मोल्डेनको प्रिजेन्टेशन कार्यक्रमको मुख्य आकर्षण रहेको थियो । उहाँले जलवायु परिवर्तनको सन्दर्भमा आवश्यक कदम नचालिएमा हिमाली क्षेत्रमा बसोबास गर्ने २४० मिलियनको मात्र नभई १६ सय मिलियनको जीवनमा प्रभाव पार्ने चेतावनी दिनुभयो । हिमालमा हिउँ पग्लिदा र ग्लेसियरहरु नष्ट हुँदा कृषि उत्पादन, भोकमरी, गरिबी, बसाइसराई, जैविक विविधता र इकोसिस्टममा नकारात्मक असर पर्ने उहाँले चेतावनी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्लोबल वार्मिंग सन् २१०० सम्म १ दशमलव ५ डिग्री सेल्सियसमा सिमित रहेपनि पूरै क्षेत्रमा १ दशमलव ८ डिग्री सेल्सियससम्म तापक्रम बृद्धि र हिमाली क्षेत्रमा २ दशमलव २ डिग्री सेल्सियससम्म तापमान बृद्धि हुने उहाँको भनाई थियो । छलफलको संचालन संयुक्त राष्ट्रसंघका पूर्व उप महासचिव ज्ञानचन्द्र आचार्यले गर्नुभएको थियो ।

छलफलमा क्लाइमेट एक्सन समिट २०१९ का लागि महासचिवका विशेष दूत लुई अल्फोन्सोले समापन मन्तब्य दिदै समयमै कार्यक्रमको आयोजना गरेकोमा नेपाल र इसिमोडलाई धन्यवाद दिनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com