प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: टिमुर लगाउँदै युवा


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

पाल्पामा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमबाट रोजगारी पाएका नागरिकले छोटो समयका लागि भए पनि जागिर पाएको बताएका छन् । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकाका ३२० महिला तथा पुरुषले रोजगार पाएका छन् । तानसेन नगरपालिका र रामपुर नगरपालिकासँगै अन्य आठ गाउँपालिकामा रोजगारी सिर्जना गरिएको छ । विदेश गएर फर्केका, एकल महिला तथा अन्य नागरिकले पनि रोजगार पाएका छन् ।

अन्य पेशा तथा व्यवसाय गर्न सीप नभएको र यसका लागि भने खासै सीप नभए पनि सजिलो भएको रोजगारी गर्दै आएकाहरूको भनाइ छ । दिनभरि खाली बस्दै आउनु परेको र पैसा हातमा नभएका बेला सरकारले एक महीनाका लागि भए पनि जागिरको व्यवस्था मिलाइ दिएकामा खुशी लागेको तानसेनका यमकुमारी राना बताउनुुहन्छ ।

रामपुर नगरपालिकामा ७०, तानसेन नगरपालिकामा १८५, बगनासकाली गाउँपालिकामा ७२, र रम्भा गाउँपालिकामा १२९ महिला तथा विदेशबाट फर्केका युवालाई प्राथमिकता दिएर रोजगार दिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।

भ्रवनोट उकालो ओरालो डाँडा तथा समथर भूभाग रहेको रम्भामा बाटोको पहिरो हटाउने मोड काट्नेलगायत मर्मतका काम गरेको उहाँको भनाइ छ । यस्तै रिब्दीकोटमा ११०, पूर्वखोलामा १७५ तिनाउमा २५०, निस्दीमा ९८, माथागढीमा १७२ र रैनादेवी छहरा गाउँपालिकामा ३२० बेरोजगारले रोजगार पाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेरोजगार बसेका युवा रोजगार हुने र पाखा खाली जग्गामा टिमुर लगाउने योजना रहेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी बताउनुहुन्छ । पाल्पाकै तिनाउ गाउँपालिकाको वडा नम्बर १ मा दालचिनी र अम्रिसोको बिरुवा रोपण तथा अन्य वडामा वर्षात्को समयमा बाटो हिलो चिप्लो नहोस् भन्ने उद्देश्यले मोटरबाटोको छेउछाउमा नाली खन्ने काम दिलाइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com