अमेरिकामा अचानक बाढी, ह्वाइट हाउससमेत डुबानमा !


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

एजेन्सी /अमेरिकाको राजधानी वासिङ्टन डिसीमा अचानक आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण सडक जलमग्न भएका छन् भने अधिकांश घर डुबानमा परेका छन्।

बाढीका कारण भूमिगत रेल सेवा ठप्प भएको छ भने हवाई र सडकमार्ग पनि बन्द भएको छ। सडक अवरुद्ध भएर चालकहरू फसेका थिए उनिहरू उद्दार क्यापिटल बेल्टवे मार्फत गरिएको थियो ।

भारी वर्षको कारण वर्षाका कारण वासिङटनस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत डुबानमा परेको बताइएको छ। कार्यालयको रहेको बेसमेन्टमा पानी पसेको बताइएको छ। नेशनल आर्काइभ भवनमा बिजुली आपूर्ति अवरुद्ध भएको छ। म्युजियम रहेको क्षेत्रमा पनि पानी पसेको छ।

बाढीका कारण प्रभावित बनेकाहरुको उद्धार र राहतको कार्य भइरहेको छ। अधिकारीहरुले बिना कारण मानिसहरुलाई बाहिर नआउन आग्रह गरेको छ।  अमेरिकाको मौसम विभागले अझै खतरा रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com