करोडौंको भ्रष्टाचार गर्ने योजना छिनभरमा बन्ने, विषादी परीक्षण गर्ने स्थल छैन ?


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेता तथा सचेतक पुष्पा भुसालले राज्यले गोली हान्ने र विष खुवाएर जनताको स्वास्थ्यमा हानि पुर्‍याउने काम गरेको आरोप लगाउनुभएको छ । मंगलबार संसद बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै विषादीयुक्त तरकारी र फलफूल परीक्षण नगर्ने निर्णय र गैरन्यायिक भएको बताउनुभएको हो ।

त्यसको जवाफ सम्वन्धित मन्त्रालयका दुई मन्त्रीले दिनुपर्ने माग समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले सुरक्षा माग्दा गोली हानी हत्या गरियो। राज्यले यस्तो अधिकार कसले दियोरु जनतालाई सरकार किन माया गर्दैनरु विषादीयुक्त तरकारी र फलफूल खान किन बाध्य गर्दछ रु’

उहाँले ‘मन्द विषपान गराएर जनसंख्या घटाउने लक्ष्यमा सरकार लागेको होरु’ भनेर समेत प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री झुट नमिल्ने पनि बताउनुभयो । ‘विदेश नियोगबाट आएको पत्र प्रधानमन्त्रीलाई थाहा हुँदैनरु, प्रधानमन्त्रीले सफेद झुट बोल्न मिल्छरु कसको पत्र, कहाँवाट भनेर प्रश्न गर्न मिल्छरु’ उहाँले भन्नुभयो ।

उहाँले विषादी परीक्षण गर्ने स्थल छैन भन्न नमिल्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो(‘देशको ढुकुटीमा भ्रष्टाचार गर्ने करोडौंका योजना तत्कालै बन्ने तर विषादी परीक्षण गर्ने स्थल छैन भन्न मिल्छ ? ’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com