…….त्यसैले हवाई फायर गर्दा गोली लाग्यो – गृहमन्त्री बादल


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

सर्लाहीमा ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु लाई लिएर विरोधमा भएको प्रदर्शन भयो । विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी सरोजनारायण यादवको मृत्यु भयो ।

सुरक्षा निकायले हवाई फायर गर्दा गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै आएको छ । मंगलबार संसदमा कांग्रेस र राजपा सांसदहरुले यसबारे प्रश्न उठाए । हवाई फायर गर्दा कसरी टाउकोमा गोली लाग्यो भन्ने उनीहरुको प्रश्न थियो ।

संसदमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले भने हवाई फायरमै उनको मृत्यु भएको दाबी गर्नुभएको छ । उहाका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि न्यूनतम बल प्रयोग गरिएको थियो ।

प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण भएपछि प्रहरीले हवाई फायर गरेको उहाले बताउनुभयो । गृहमन्त्री थापाले भन्नुभयो ‘प्रदर्शनकारी उचाइमा थिए, प्रहरी गहिरोमा थियो । त्यसैले हवाई फायर गर्दा गोली लाग्यो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com