नेपाल वायुसेवा निगमको व्यवस्थापन विदेशीलाई !


प्रकाशित मिति : असार २३, २०७६ सोमबार

आर्थिक संकटमा गुज्रिरहेको नेपाल वायुसेवा निगम व्यवस्थापनको जिम्मा विदेशीलाई दिइने भएको छ। त्यसका लागि निगमै पूर्वनायब प्रबन्ध निर्देशक राजुबहादुर केसीको संयोजकत्वमा समिति बनाइएको हाे।

समितिले व्यवस्थापन करारको आशयपत्र बनाउने कार्यादेश पाएको छ। समितिमा निगमकै कर्पोरेट, फाइनान्स, कमर्सियल विभागका प्रमुख र एक प्राविकधिक सदस्य छन्। दुईटा वाइड बडीको २४ अर्ब र पुरानोसमेत गर्दा ३७ अर्ब ऋणको किस्ता तिर्न नसकेर निगम संकटमा छ। निगमका अध्यक्ष मदन खरेलले विदेशी व्यवस्थापनबाट निगमको आर्थिक अवस्था सुदृढ हुने अपेशक्षा राखे।

‘नेपाल बैंक र वाणिज्य बैंक विदेशी व्यवस्थापनले सुधारेका हुन’, उनले भने, ‘निगममा पनि किन नहेर्ने?’ समितिले १० दिनभित्र आशयपत्र बनाएपछि बोर्डले छलफल गर्नेछ। त्यसलाई सरकारले पनि अनुमति दिए तीनदेखि साढे तीन महिनामा विदेशी व्यवस्थापन ल्याउन सकिने खरेलको भनाइ छ।याे समाचार अाजकाे अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com