२ बर्षे सर्वेस गुरुङ अमेरिकामा गाडीमा मृत भेटिएपछि उब्जिएको प्रश्न


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

२ बर्षका बालक सर्वेस गुरुङ अमेरिकाको टेक्सासमा गाडीभित्र मृत भेटिएपछि विभिन्न खाले प्रश्नहरु उब्जिएका छन् । हराइरहेका बालक एकदिन पछि छिमेकीको गाडीभित्र मृत अवस्थामा भेटिएका हुन् ।

छिमेकीको एसयुभी भित्र बालक कसरी छिर्न सफल भए भन्नेबारेमा विभिन्न प्रश्न खडा भएका छन् । विदामा जान लागेका छिमेकीका बच्चाले गाडीभित्र मृत अवस्थामा बालक सर्वेस गुरुङलाई भेटाएको जनाइएको छ ।

बच्चाको मृत्यु के कारणले भएको हो भन्नेबारे केही खुलेको छैन । मृत्युको कारणबारे मेडिकल परिक्षण भइरहेको जनाइएको छ । बालकको मृत्युको खबरबाट बेहोस आमाको उपचार भइरहेको जनाइएको छ ।

बच्चाको मृत्यु दुर्घटनावश भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । गाडीभित्र छिरेका बालक बाहिर निस्कन नसक्दा अत्याधिक तापक्रमका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

मंगलबार दिउसो बालक हराएपछि बालककी आमाले २ बजेतिर प्रहरीलाई खबर गरेकी थिइन् । त्यतीबेला त्यहाँको तापक्रम ९० डिग्री फरेनहाइटको हाराहारीमा रहेको थियो ।

बुधबार बेलुका बालक सर्वेस गुरुङको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको छ । जसमा झण्डै ४० जनाको सहभागिता रहेको थियो ।

बच्चाका पिता सञ्जय र उनको परिवार नेपालको गोरखाबाट अमेरिका बसाई सराई गरेको जनाइएको छ । सन् २००९ मा युनिभर्सिटी अफ नर्थ टेक्सासमा मास्टर डिग्री गर्ने क्रममा उनीहरु टेक्सासको डेन्टनमा बसाईसराई गरेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com