न्युयोर्कमा अमेरिकाकै ठूलो फायरवर्क्स, ब्रुक्लीन ब्रिज र न्युयोर्कको आकाश जाज्वल्यमान


प्रकाशित मिति : असार १९, २०७६ बिहीबार

ऋमेरिकी स्वतन्त्रता दिवशको अवशरमा न्युयोर्कमा गरिएको फायरवर्क्सको दृश्यले ब्रुक्लीन ब्रिज र न्युयोर्कको आकाश जाज्वल्यमान भयो ।

बेलुका ९ बजेर २५ मिनेट जाँदा ब्रुक्लीन ब्रिज नजिकै इस्ट रिभरमा सुरु भएको फायरवर्क्स झण्डै आधाघण्टा चल्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

७० हजारभन्दा धेरै शेलहरु पड्काइएको फायरवर्क्स हेर्न हजारौंको भींड लागेको थियो ।

२५ हजार शेल र विशेष इफेक्ट ब्रुक्लीन ब्रिजका एकसयवटा प्वाइन्टबाट विष्फोट गराइएको थियो भने बाँकी शेलहरु इस्ट रिभरमा ४ वटा डुंगाबाट विष्फोट गराइएको थियो ।

फायरवर्क्सका लागि ६० जना प्राविधिकहरुले १२ दिनसम्म काम गरेका थिए । मेसीको यो फायरवर्क्स अमेरिकाकै सबैभन्दा ठूलो भएको बताइएको छ ।

न्युयोर्कमा स्वतन्त्रता दिवशको अवशरमा मेसीजले हरेकबर्ष आतसवाजीको आयोजना गर्दै आएको छ ।

अमेरिकाको जन्मदिनका रुपमा अमेरिकामा स्वतन्त्रता दिवश मनाउने गरिन्छ ।

तस्वीर : एजेन्सीको सहयोगमा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com